डोल्पा ठूलीभेरी नगरपालीकाको आर्थिक वर्ष ०७५÷७६ का लागि झण्डै २९ करोड बजेट पारित
डोल्पा २९, असार । आगामी आ.व. २०७५÷७६ को लागि ठूलीभेरीको नगरपालीकाको नीति तथा कार्यक्रमहरु प्रस्तुत भएको छ । नगरसभाले कृषि, शिक्षालाई उच्च प्राथमिकता दिदै २८ कारोड ९१ लाख ८५ हजारको बजेट प्रस्तुत गरेको छ ।
कृषि सम्वन्धि नीति तथा कार्यक्रममा एक घर एक फलफूल बगैचा लाई अनिवार्य गरिएको छ साथै विरुवाहरुमा आत्म निर्भर गराउनका लागि नर्सरीहरुलाई अनुदान, अर्गानीक कृषिलाई प्राथमिकातामा राखी कृषि पर्वद्धनका लागि नगर भित्र रहेका होटलहरुमा अनिवार्य स्थानिय खानाको मेनु राख्नुपर्ने साथै युवाहरुलाई कृषि जन्य उत्पादन, उद्योगका लागि सहुलियत ऋणको ब्यवस्था र जुनसुकै कृषि उपज बजारीकरणकालागी ७५ प्रतिशत सम्म सहुलीयत ढुवानी अनुदानको ब्यवस्था नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
न्यून अवस्थाका कृषकहरुलाई प्रोत्साहान, उत्पादन अनुदानको ब्यबस्था, कृषक र कृषकको सुरक्षाका लागि पशु विमा, फलफुल विमा, कृषक विमामालाई अनिवार्य गर्नुका साथै बाँजो जमिनलाई अतिरिक्त कर लगाएतका योजना पारित गरिएको छ ।
शिक्षा तथा खेलकुद सम्बन्धि नीतिमा नगरपालीकालाई शैक्षिक केन्द्रको रुपमा विकास गरिने र मानविकी, विज्ञान संकायको पढाइ हुने क्याम्पस संचालनको लागि पहल गरिने, नगरपालीका भित्र उत्कृष्ट प्रा.वि र मा.वि, उत्कृष्ट नतिजा ल्याइ जिल्ला टप, नगर टप गर्ने विद्यार्थीलाई पूरष्कृत गरिने, नगरस्तरीय शैक्षिक कार्यक्रमहरु संचालन गरिने, जाडो विदा घटाइने, विद्यालय भर्ना अभियान सहित शिक्षक, जन प्रतिनिधि घरदैलो अभियानमा जानुपर्ने, क्भ्भ् को तयारी कक्षाका लागि शिक्षकहरुलाई अतिरिक्त तलब भक्ताको ब्यबस्था गर्ने र विद्यार्थी बाट ट्यूसन बापत कुनैपनि रकम लिन नपाइने नीतिका साथै आधारभुत तहमा अनिवार्यरुपमा अङ्ग्रेजी शिक्षा लागु गरिने, नगरभित्र प्याराफिट सहितको जील्ला स्तरको खेलमैदान निर्माण गरिने योजना ल्याएको छ ।
वन तथा बातावरण सम्वन्धि नीतिमा वैज्ञानीक बन ब्यवस्थापनका साथै विज्ञहरुको सहयोगमा ऐनको निर्माण गरि सिकार पूर्णरुपमा बन्दगर्दै बन्यजन्तुलाई संरक्षण गरि पर्यटकीय क्षेत्र निर्माण, वृक्षारोपनका, नापीका आधारमा जङ्गल फडानी गरि जग्गा बनाउने चलन लाई सिघ्र रोेकिने र कसैले यस किसिमको कामको थालनी गरेमा कारवाही गरिने, नगरपालीका भित्र भएका जडिबुटी, बन पैदावारको वर्गीकरण गरि लगत राखिने साथै महत्व, उपयोगीता र उपलब्धताका आधारमा संरक्षण गरिने नीति पारित गरिएको छ ।
उद्योग सम्बन्धि नीतिमा उद्योग विकासको रणनीतिक योजना सहित कार्यक्रमहरुको निर्माण गरी यसका आधारमा उपलब्ध साधन, स्रोत, उत्पादनमा आधारित उद्योगलाई प्राथमिकता दिइएको छ साथै नगरपालीका भित्र प्रसस्त रोजगारी सिर्जना गर्ने उद्योगलाई अनुदान, ऋणको ब्यवस्था गरिने र डोल्पामा आगन्तुक यात्रुलाई मध्यनजर गर्दै कोशेली घर निर्माणका लागि प्रोत्साहान, अनुदानको ब्यबस्था गरिने नीति ल्याइएको छ साथै युवारुलाई उद्योगमा लगानीका लागि प्रोत्साहान नीति नगरपालीकाले पारित गरेको छ ।
शहरी विकास तथा भौतिक पूर्वाधार नीतिमा आन्तरीक रुपमा सडकको स्तरउन्नती र सवै वडापालीकालाई सडक संजालले जोडिने, सवै वडापालीकाको भवन निर्माणको काम संचालन गरिने, गरिबी न्यूनीकरण, ब्यवस्थीत बस्ती विकास, भूउपयोग योजना, फोहोर मैला ब्यवस्थापनको नीति सहित कार्यन्वयन तर्फ जोड दिइने साथै एकै क्षेत्रमा उपभोक्ता मार्फत पटक पटक योजना लिने प्रबृक्तिको अन्त्य गरिने साथै नगरभित्र बजार क्षेत्र, बजारको आसपास, सार्वजनीक स्थल तथा भेरीको तटिय क्षेत्रमा जग्गा धनी पूर्जा नभएका, अतिक्रमण गरी बनाइएका घरटहरा, संरचनाहरु अध्ययन, अनुसन्धान गरी हटाइने नीति पारित गरिएको छ ।
पर्यटन तथा सस्कृति सम्बन्धि नीतिमा चोरी सिकारलाई पूर्णरुपमा नियन्त्रण गरि यस नगरपालीका भित्र हिमाली मृगहरुको दृस्याअवलोकन सहितको जुफाल, माझफालको पोखेपानी, साइकुवारी सिस्ने हिमाल र हिम्चुलीको फेद हुदै रुपपाटन, वाटुल्ले पाटन, ठागे, दुनै सम्म दुनै बाट त्रिपूराकोट सम्म ठूलीभेरीमा ¥याफ्टिङ् सेवा सहितको तल्लो डोल्पा पर्यटकीय पदमार्गको निर्माणका लागि सिघ्र प्रक्रिया अगाडी बडाइने र ठूलीभेरी १०, ११ मा पर्ने से–फोक्सुण्डो पदमार्गलाई ब्यबस्थीत बनाइने साथै होटेलहरुमा स्थानिय पर्यटकीय स्थल झल्कने दृष्याअवलोकनका बस्तुहरु अनिवार्य राख्नुपर्ने नीति ल्याइएको छ ।
स्वास्थ्य तथा सरसफाई नीतिमा वर्षमा कम्तीमा ३ पटक प्रत्यक वडाहरुमा स्वाथ्यसेवा सिविरहरु संचालन गर्ने नीति अवलम्वन गरि स्वास्थ सुरक्षाका लागि स्वास्थ बिमा कार्यक्रम अनिवार्य गरिने नीति ल्याइएको छ ।
सामाजीक विकास सम्बन्धि नीति सामाजीक सुरक्षा भत्ता, जन्म दर्ता, मृत्यु दर्ता, बिबाह दर्तालाई प्रभावकारी बनाइ सेवा वडा, टोलमै उपलब्ध गराउने र नगर भित्र सामाजिक परिचालनका कामहरुमा सबै जात जाति, दलित, महिला, वर्गको समानुपातीक प्रतिनिधित्वमा सम्पन्न गरिने, नगरभित्र अपाङ्ग, एकल महिला, गरिव, दलीतका लागि भैपरी आउने दुर्घटना, गम्भीर रोग, औषधि उपचारका लागि राहत कोषको ब्यवस्था गरिने साथै नगरभित्र शान्ती शुरक्षा सुब्यवस्थाका लागि नगर प्रहरीको अवधारणको नीति पारित गरिएको छ ।
नगरभित्रका रेडियो, पत्रिका, अनलाइन पत्रिकाहरुलाई प्रोत्साहन गरि ठूलीभेरी पत्रकारीता पुरस्कार प्रदान गरिने नीति लिइएको छ । आकस्मीक संकट, विपदका लागि विपद उद्वार राहात कोषको स्थापनाका साथै उर्जा, जलस्रोत तथा सिंचाई सम्वन्धि नीति आर्थिक प्रशासन तथा राजश्व परिचालन लगमएतका नीतिहरु पारित गरिएको छ । अषाढ २७ गते उद्घाटन भएको नगर सभा अषाढ २९ सम्म चल्ने छ ।
Comments
अरु समाचार
-
पहिरोका कारण मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग र पृथ्वी राजमार्ग अवरुद्ध
काठमाण्डौ । धादिङको कृष्णभीर, परेवाभीर, ज्यामिरेघाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भैरहेको,...
-
कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको हो...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












