कृषकलाई रु २४ लाखको कृषि उपकरण
सुर्खेत २९,असार।प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना सुर्खेतले जिल्लाका कृषकलाई रु २४ लाख बराबरको आधुनिक कृषि उपकरण र ढुवानी साधन वितरण गरेको छ ।
व्यावसायिक कृषिको विकास गर्ने उद्देश्यले बिहीबार जिल्लाका विभिन्न स्थानीय तहमा रहेका समूह, सहकारी र कृषि संस्थालाई कृषिजन्य उपकरण र प्रशोधन यन्त्र सहयोग गरिएको हो ।
कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव शिवनारायण चौधरी र उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्दप्रसाद भारीले मिनी ट्रक, थ्रेसर मेसिन, मिनी ट्र्याक्टरलगायत कृषि उपकरण हस्तान्तरण गरे । पोष्ट–हार्भेष्ट सेन्टर कार्यक्रमअन्तर्गत प्रेम स्मृति फर्म अवलचिङलाई मिनी ट्रक प्रदान गरिएको आयोजनाका प्रमुख चित्रबहादुर रोकायले बताए।
त्यसैगरी कष्टम हायर सेन्टर कार्यक्रमअन्तर्गत भेरीगंगा नगरपालिका–१२ छिन्चुस्थित साना किसान कृषि सहकारी संस्थालाई मल्टी थ्रेसर, चाना काट्ने यन्त्र र जेनेटर, भेरीगंगा–९ जहरेको मूलपानी कृषि सहकारी संस्थालाई मल्टी थ्रेसर र डिजिटल ढक तराजु हस्तान्तरण गरिएको छ ।
यसैगरी भेरीगंगा–९ झिगनीस्थित सुन्धरा कृषि तथा पशु सहकारी संस्थालाई जेनेटर, ड्याङ बनाउने यन्त्र र पानी तान्ने मोटर, चिंगाड गाउँपालिका–५ अवलचिङस्थित सिर्जना नगदेबाली कृषक समूहलाई बेसार पिस्ने मिल सेट र हाते मिनी ट्रयाक्टर तथा भेरीगंगा–१२ छिन्चुस्थित सूर्याेदय पशुपालन कृषि सहकारी संस्थलाई पावर टेलर, बेसार उसिन्ने यन्त्र र हाते मिनी ट्र्याक्टर प्रदान गरिएको आयोजना प्रमुख रोकायले जानकारी दिए ।
सो अवसरमा उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख भारीले प्राङ्गारिक पदार्थ उत्पादनमा जोड दिन सकेमा कृषक र उपभोक्ता दुवैलाई फाइदा पुग्ने बताए ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते !
काठमाडाैं । हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा: सिएमसी नेपाल
कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११...












