पर्यटन विश्वविद्यालयको कानुन तर्जुमा अन्तिम चरणमा
चितवन १, साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पर्यटन विश्वविद्यालयको कानुन तर्जुमाको काम अन्तिम चरणमा पुगेको बताए ।
आज पत्रकारसँग कुरा गर्दै मन्त्री अधिकारीले भने, “पर्यटन विश्वविद्यालय स्थापनाका लागि कानुन अन्तिम चरणमा छ, एक महिनाभित्र मन्त्रिपरिषद्बाट पास हुन्छ ।” पर्यटन क्षेत्रमा अहिले एक लाख जनाले रोजगारी पाए पनि दक्ष छ्रैनन् भन्दै उनले दक्ष जनशक्ति उत्पादनका लागि पर्यटन विश्वविद्यालय खोल्ने तयारी भएको बताए । सरकारले सन् २०२० लाई २० लाख पर्यटक नेपाल ल्याउने लक्ष्यका भ्रमण वर्षका रुपमा मनाउने तयारी गरेको र सोहीअनुसार भौतिक संरचना निर्माण र पर्यटकीय क्षेत्रलाई जोड्ने काम तीव्र बनाइएको बताए ।
सबै प्रदेशका पर्यटकीय क्षेत्रसँग जोडी एक सयभन्दा बढी ठाउँमा पर्यटन विकास गर्ने योजनाका साथ केन्द्रीय सरकार लागेको बताउँदैै उनले यसलाई अझै प्रभावकारी रुपमा अघि बढाउन सौराहामा दृश्यावलोकन स्तम्भ निर्माण तथा निकुञ्ज र आसपासका पर्यटकीय क्षेत्रलाई लुम्बिनी र काठमाडौंसँग जोड्ने काम भइरहेको जानकारी दिए ।
मन्त्री अधिकारीले आजको मन्त्रिपरिषद् बैठकले विमान दुर्घटनामा परी मृत्यु भएका नेपालीले पनि विदेशीसरह राहत पाउने व्यवस्था (मन्ट्रलियर कन्भिन्सन) पारित गरेको जानकारी दिए। यसअघि विदेशीको मृत्यु हुँदा एक लाख डलर र नेपालीको मृत्यु हुँदा २० हजार डलर पाउने व्यवस्था थियो । फरक प्रसंगमा मन्त्री अधिकारीले अनशनरत प्रा डा गोविन्द केसीका जायज माग पूरा गर्न सरकार तयार रहेको र ती माग लोकतान्त्रिक विधिको बाटाबाट अघि बढाउनुपर्ने बताए ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











