पर्यटन विश्वविद्यालयको कानुन तर्जुमा अन्तिम चरणमा
चितवन १, साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पर्यटन विश्वविद्यालयको कानुन तर्जुमाको काम अन्तिम चरणमा पुगेको बताए ।
आज पत्रकारसँग कुरा गर्दै मन्त्री अधिकारीले भने, “पर्यटन विश्वविद्यालय स्थापनाका लागि कानुन अन्तिम चरणमा छ, एक महिनाभित्र मन्त्रिपरिषद्बाट पास हुन्छ ।” पर्यटन क्षेत्रमा अहिले एक लाख जनाले रोजगारी पाए पनि दक्ष छ्रैनन् भन्दै उनले दक्ष जनशक्ति उत्पादनका लागि पर्यटन विश्वविद्यालय खोल्ने तयारी भएको बताए । सरकारले सन् २०२० लाई २० लाख पर्यटक नेपाल ल्याउने लक्ष्यका भ्रमण वर्षका रुपमा मनाउने तयारी गरेको र सोहीअनुसार भौतिक संरचना निर्माण र पर्यटकीय क्षेत्रलाई जोड्ने काम तीव्र बनाइएको बताए ।
सबै प्रदेशका पर्यटकीय क्षेत्रसँग जोडी एक सयभन्दा बढी ठाउँमा पर्यटन विकास गर्ने योजनाका साथ केन्द्रीय सरकार लागेको बताउँदैै उनले यसलाई अझै प्रभावकारी रुपमा अघि बढाउन सौराहामा दृश्यावलोकन स्तम्भ निर्माण तथा निकुञ्ज र आसपासका पर्यटकीय क्षेत्रलाई लुम्बिनी र काठमाडौंसँग जोड्ने काम भइरहेको जानकारी दिए ।
मन्त्री अधिकारीले आजको मन्त्रिपरिषद् बैठकले विमान दुर्घटनामा परी मृत्यु भएका नेपालीले पनि विदेशीसरह राहत पाउने व्यवस्था (मन्ट्रलियर कन्भिन्सन) पारित गरेको जानकारी दिए। यसअघि विदेशीको मृत्यु हुँदा एक लाख डलर र नेपालीको मृत्यु हुँदा २० हजार डलर पाउने व्यवस्था थियो । फरक प्रसंगमा मन्त्री अधिकारीले अनशनरत प्रा डा गोविन्द केसीका जायज माग पूरा गर्न सरकार तयार रहेको र ती माग लोकतान्त्रिक विधिको बाटाबाट अघि बढाउनुपर्ने बताए ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












