सडक दुर्घटनामा मर्नेको संख्या पछिल्ला चार वर्षयताकै उच्च
बर्दिवास १, साउन । महोत्तरी जिल्लामा सडक दुर्घटनामा परी मर्नेको संख्या वर्षेनी बढेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास महोत्तरीले आर्थिक वर्ष २०७४-७५ को तथ्यांक सार्वजनिक गर्दै सडक दुर्घटनामा मर्नेको संख्या पछिल्ला चार वर्षयता बढ्दै गएको जनाएको छ । पछिल्ला चार वर्षको तथ्यांकानुसार गत आव २०७४-७५ मा भएका ८७ सडक दुर्घटनामा सर्वाधिक ४४ जनाको मृत्यु भएको छ जसमा १२ वर्षमुनिका ११ बालबालिका, नौ वयष्क महिला र बाँकी २४ वयष्क पुरष छन् । गत आवका कात्तिक, फागुन र जेठ महिनामा सबैभन्दा बढी ११-११ सडक दुर्घटना भएका छन् ।
यसअघि आव २०७१-०७२ मा १९, आव २०७२-०७३ मा २४ र आव २०७३-०७४ मा २९ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक डिल्लीप्रसाद मैनालीले जानकारी दिए। पछिल्लो आव २०७४-७५ मा त ६६ जना अङ्गभङ्ग नै भएर गम्भीर घाइते भएको कार्यालयले जनाएको छ ।
धमाधम नयाँ सवारी साधन थप, लापर्वाही तरिकाले सवारी चलाउने प्रवृत्ति, मादक पदार्थको सेवन र सडक बिग्रेर खण्ड बन्दै जानु नै सडक दुर्घटना र मानवीय क्षति बढ्नाका मुख्य कारण रहेको प्रनि मैनालीको ठम्याइ छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्नेलाई कारवाही तीव्र बनाए पनि दुर्घटना भने बढ्दै गएको तथ्यांकले देखाएको छ । गत आव २०७४-७५ मा कार्यालयले २४ हजारमाथि कारवाही गरेर रु एक करोड ६० लाख राजश्व संकलन गरेको छ । सो तथ्यांक पनि पछिल्ला तीन आवमा सबैभन्दा बढी हो । यसअघि आव २०७३-७४ मा गरिएका २३ हजार ५३५ कारवाहीबाट रु एक करोड ४६ लाख ५५ हजार राजश्व सङ्कलन भएको थियो ।
त्यसैगरी आव २०७२-७३ मा गरिएका १५ हजार ५२ कारवाहीबाट रु ७६ लाख ६० हजार ९०० राजश्व संकलन भएको कार्यालयले जनाएको छ । वर्षेनी सडक दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरीले सघन रुपमा सचेतना अभियान सञ्चालन गरिएको जनाएको छ । गत आव २०७४-७५ मा १५ विद्यालयमा सञ्चालन गरिएका कक्षामा एक हजार २८० विद्यार्थीलाई ट्राफिक शिक्षा दिइएको थियो ।
त्यसैगरी सुरक्षित चालक बनाउन सञ्चालन गरिएका ५५ कक्षामा एक हजार २८० चालकलाई, ८४ कक्षामा तीन हजार ३७२ यातायात व्यवसायीलाई र ४९ कक्षामा एक हजार ६८० सर्वसाधारणलाई ट्राफिक शिक्षा दिइएको प्रनि मैनालीले जानकारी दिए।
यसैगरी चार अन्तरक्र्रिया, ‘प्रहरी मेरो साथी’ र ‘टोलटोलमा प्रहरी अभियान’ तथा पर्चा र पोष्टरबाट पनि ट्राफिक सचेतनासम्बन्धी अभियान सम्पन्न गरिएको कार्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...
-
मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने !
काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत प्रयोजनका लागि...
-
वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद !
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...












