सडक दुर्घटनामा मर्नेको संख्या पछिल्ला चार वर्षयताकै उच्च
बर्दिवास १, साउन । महोत्तरी जिल्लामा सडक दुर्घटनामा परी मर्नेको संख्या वर्षेनी बढेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास महोत्तरीले आर्थिक वर्ष २०७४-७५ को तथ्यांक सार्वजनिक गर्दै सडक दुर्घटनामा मर्नेको संख्या पछिल्ला चार वर्षयता बढ्दै गएको जनाएको छ । पछिल्ला चार वर्षको तथ्यांकानुसार गत आव २०७४-७५ मा भएका ८७ सडक दुर्घटनामा सर्वाधिक ४४ जनाको मृत्यु भएको छ जसमा १२ वर्षमुनिका ११ बालबालिका, नौ वयष्क महिला र बाँकी २४ वयष्क पुरष छन् । गत आवका कात्तिक, फागुन र जेठ महिनामा सबैभन्दा बढी ११-११ सडक दुर्घटना भएका छन् ।
यसअघि आव २०७१-०७२ मा १९, आव २०७२-०७३ मा २४ र आव २०७३-०७४ मा २९ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक डिल्लीप्रसाद मैनालीले जानकारी दिए। पछिल्लो आव २०७४-७५ मा त ६६ जना अङ्गभङ्ग नै भएर गम्भीर घाइते भएको कार्यालयले जनाएको छ ।
धमाधम नयाँ सवारी साधन थप, लापर्वाही तरिकाले सवारी चलाउने प्रवृत्ति, मादक पदार्थको सेवन र सडक बिग्रेर खण्ड बन्दै जानु नै सडक दुर्घटना र मानवीय क्षति बढ्नाका मुख्य कारण रहेको प्रनि मैनालीको ठम्याइ छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्नेलाई कारवाही तीव्र बनाए पनि दुर्घटना भने बढ्दै गएको तथ्यांकले देखाएको छ । गत आव २०७४-७५ मा कार्यालयले २४ हजारमाथि कारवाही गरेर रु एक करोड ६० लाख राजश्व संकलन गरेको छ । सो तथ्यांक पनि पछिल्ला तीन आवमा सबैभन्दा बढी हो । यसअघि आव २०७३-७४ मा गरिएका २३ हजार ५३५ कारवाहीबाट रु एक करोड ४६ लाख ५५ हजार राजश्व सङ्कलन भएको थियो ।
त्यसैगरी आव २०७२-७३ मा गरिएका १५ हजार ५२ कारवाहीबाट रु ७६ लाख ६० हजार ९०० राजश्व संकलन भएको कार्यालयले जनाएको छ । वर्षेनी सडक दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरीले सघन रुपमा सचेतना अभियान सञ्चालन गरिएको जनाएको छ । गत आव २०७४-७५ मा १५ विद्यालयमा सञ्चालन गरिएका कक्षामा एक हजार २८० विद्यार्थीलाई ट्राफिक शिक्षा दिइएको थियो ।
त्यसैगरी सुरक्षित चालक बनाउन सञ्चालन गरिएका ५५ कक्षामा एक हजार २८० चालकलाई, ८४ कक्षामा तीन हजार ३७२ यातायात व्यवसायीलाई र ४९ कक्षामा एक हजार ६८० सर्वसाधारणलाई ट्राफिक शिक्षा दिइएको प्रनि मैनालीले जानकारी दिए।
यसैगरी चार अन्तरक्र्रिया, ‘प्रहरी मेरो साथी’ र ‘टोलटोलमा प्रहरी अभियान’ तथा पर्चा र पोष्टरबाट पनि ट्राफिक सचेतनासम्बन्धी अभियान सम्पन्न गरिएको कार्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











