माफिया, डन र अधिनायकवादिको हार हुन्छ, जनताको अवश्य जित हुन्छ: डा. केसि
डा. गोविन्द केसीले आफूलाई अपहरणको शैलीमा काठमाडौं नलैजान सरकारलाई चेतावनी
काठमाडौं ३,साउन । डा. गोविन्द केसीले आफूलाई अपहरणको शैलीमा काठमाडौं नलैजान सरकारलाई चेतावनी दिएका छन् । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि सत्याग्रह जारी राखेका केसीले आज आफूलाई सरकारले अपहरण शैलीमा काठमाडौं लैजाने तयारी गरेको बताउँदै आफू कुनै पनि हालतमा माग पूरा नभएसम्म काठमाडौं नजाने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको आकस्मिक बैठकले केसीलाई काठमाडौं ल्याउने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ । डा. केसीको स्वास्थ गम्भीर भएको भन्दै जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मेडिकल रिपोर्ट दिएपछि नेकपाले उनको सुविधासम्पन्न अस्पतालमा उपचार गरिनुपर्ने निष्कर्ष निकाल्दै हेलिकप्टरमार्फत काठमाडौं ल्याउने निर्णय गरेको हो ।
डा. केसीले माग पूरा गरे आफू अनशन तोड्न तयार रहेको बताएका छन् । उनले गुन्डागर्दी शैली नदेखाउन पनि राज्यलाई चेतावनी दिएका छन ।
डा. के सि यस्तो भन्छन
नमस्ते । मेरो आज सत्याग्रहको २० औं दिन हो । म कर्णाली अञ्चलको जुम्ला जिल्लाको सदरमुकाम खलंगाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सत्याग्रहरत छु । र, मलाई यहाँको चिकित्सक नर्सको टिमले राम्रोसँग उपचार गरिरहनुभएको छ । म उपचारप्रति पूर्णरुपमा सन्तुष्ट छु ।
तर सुन्नमा के आएको छ भने मलाई राज्यले यहाँबाट अपहरण गरेर काठमाडौं लैजाँदैछ । अपहरण गरेर काठमाडौं लगेर हाम्रो अभियान तुहाउने प्रयास गर्दैछ भन्ने सुन्नमा आएको छ । राज्यको भनाइ मरे मरोस् भन्ने रहेको छ । मेरो स्वास्थ्यप्रति यति चिन्तित र संवेदनशील छ भने मेरो माग पूरा गर्नुपर्छ । मेरा सबै माग पूरा गर्नुपर्छ, त्यसपछि अनशन तोडिहाल्छु । माग पूरा गर अनशन तोड्छु । यो मेरो पवित्रस्थल हो । चन्दननाथ बाबाको काखमा बसेर मैले सत्याग्रह गरेको छु । जबसम्म माग पूरा हुँदैन म यहीँ जुम्लामा बसेर सत्याग्रह जारी राख्नेछु । मेरो नागरिक अधिकार खोस्ने कसैलाई अधिकार छैन । र गुन्डागर्दी चल्दैन ।
अहिलेको लडाईँ भनेको राज्यपक्ष माफिया, डन र अधिनायकवाद पोस्नतिर लागेको छ । र ,जनताको हक विरुद्ध लागेको छ । हामी जनताको हक हितको लागि लडिरहेका छौं । माफिया, डन र अधिनायकवादको हार हुन्छ जनताको जित हुन्छ
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












