माफिया, डन र अधिनायकवादिको हार हुन्छ, जनताको अवश्य जित हुन्छ: डा. केसि
डा. गोविन्द केसीले आफूलाई अपहरणको शैलीमा काठमाडौं नलैजान सरकारलाई चेतावनी
काठमाडौं ३,साउन । डा. गोविन्द केसीले आफूलाई अपहरणको शैलीमा काठमाडौं नलैजान सरकारलाई चेतावनी दिएका छन् । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि सत्याग्रह जारी राखेका केसीले आज आफूलाई सरकारले अपहरण शैलीमा काठमाडौं लैजाने तयारी गरेको बताउँदै आफू कुनै पनि हालतमा माग पूरा नभएसम्म काठमाडौं नजाने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको आकस्मिक बैठकले केसीलाई काठमाडौं ल्याउने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ । डा. केसीको स्वास्थ गम्भीर भएको भन्दै जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मेडिकल रिपोर्ट दिएपछि नेकपाले उनको सुविधासम्पन्न अस्पतालमा उपचार गरिनुपर्ने निष्कर्ष निकाल्दै हेलिकप्टरमार्फत काठमाडौं ल्याउने निर्णय गरेको हो ।
डा. केसीले माग पूरा गरे आफू अनशन तोड्न तयार रहेको बताएका छन् । उनले गुन्डागर्दी शैली नदेखाउन पनि राज्यलाई चेतावनी दिएका छन ।
डा. के सि यस्तो भन्छन
नमस्ते । मेरो आज सत्याग्रहको २० औं दिन हो । म कर्णाली अञ्चलको जुम्ला जिल्लाको सदरमुकाम खलंगाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सत्याग्रहरत छु । र, मलाई यहाँको चिकित्सक नर्सको टिमले राम्रोसँग उपचार गरिरहनुभएको छ । म उपचारप्रति पूर्णरुपमा सन्तुष्ट छु ।
तर सुन्नमा के आएको छ भने मलाई राज्यले यहाँबाट अपहरण गरेर काठमाडौं लैजाँदैछ । अपहरण गरेर काठमाडौं लगेर हाम्रो अभियान तुहाउने प्रयास गर्दैछ भन्ने सुन्नमा आएको छ । राज्यको भनाइ मरे मरोस् भन्ने रहेको छ । मेरो स्वास्थ्यप्रति यति चिन्तित र संवेदनशील छ भने मेरो माग पूरा गर्नुपर्छ । मेरा सबै माग पूरा गर्नुपर्छ, त्यसपछि अनशन तोडिहाल्छु । माग पूरा गर अनशन तोड्छु । यो मेरो पवित्रस्थल हो । चन्दननाथ बाबाको काखमा बसेर मैले सत्याग्रह गरेको छु । जबसम्म माग पूरा हुँदैन म यहीँ जुम्लामा बसेर सत्याग्रह जारी राख्नेछु । मेरो नागरिक अधिकार खोस्ने कसैलाई अधिकार छैन । र गुन्डागर्दी चल्दैन ।
अहिलेको लडाईँ भनेको राज्यपक्ष माफिया, डन र अधिनायकवाद पोस्नतिर लागेको छ । र ,जनताको हक विरुद्ध लागेको छ । हामी जनताको हक हितको लागि लडिरहेका छौं । माफिया, डन र अधिनायकवादको हार हुन्छ जनताको जित हुन्छ
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












