वीरगञ्ज ड्राइपोर्ट भन्सारबाट २७ अर्ब ३३करोड ५१लाख राजश्व असुली
काठमाण्डाैँ ३, साउन । गत आर्थिक बर्ष २०७४/७५ मा वीरगञ्ज ड्राइपोर्ट भन्सार कार्यालय ले २७अर्ब ३३करोड ५१लाख राजश्व असुली गरेको छ ।
अघिल्लो आर्थिक बर्षमा भन्दा यो भन्सार कार्यालयले करिब रु. ५अर्ब २५करोड भन्दा बढि राजश्व असुल गरेको छ । यो भन्सार कार्यालयले अघिल्लो आर्थिक २०७३/०७४मा रु. २१अर्ब ९८करोडअसुली गरेको थियो ।
यस भन्सार कार्यालयलाई गत आर्थिक बर्षमा रु. २८अर्ब २९ करोड रुपैँ राजश्व असुल गर्ने लक्ष्य तोकिएको भएपनि गत बर्षको साउन अन्तिम साता तराइ मधेशमा आएको भिषण बर्षा, बाढी र डुबानले भारतमा रेल्वे लिग बिग्रिएर रेल्वे सेवा सञ्चालन हुन नसकेको कारण करिब तीन साता सुख्खा बन्रदगाहा पूर्णरुपमा बन्द हुन पुगेको र करिब तिन महिना रेल्वे संचालनमा बेलाबेलामा अवरोध आएकाले यसले वीरगञ्ज सुख्खा बन्दरगाहाबाट सामान आयात गर्ने एलसि खोलेका आयातकर्ताहरुले अर्को भन्सार कार्यालयबाट सामान आयात गरेका कारण यस ड्राइपोर्ट भन्सार कार्यालयले करिब डेढ अर्ब राजश्व उठ्न नसकेको बताइन्छ ।
वीरगञ्ज आैधोगिक करिडोर क्षेत्रमा करिब डेढ अर्ब राजश्व उठ्ने डन्डी र रड उधोगको कच्चा पदार्थ आयात नभएको, बर्षायाममा तीन महिना बाढी र डुबानका कारण रेल्वे लाइनमा पटक-पटक अबरुद्द भएको, उधोगहरु बन्द भएको करण कच्चा पदार्थ आयात हुन नसकेको र यथार्थ आयात भन्दा बढि आयात हुने गरि हचुवाको भरमा वास्तबिक लक्ष्य निर्धारण गरिएको कारण राजस्व असुलीमा करिब रु. ९५ करोड कमि असुली भएको छ ।
यस भन्सार कार्यालायमा सामान आयात गर्ने माध्यम भारतीय रेल मार्ग हो । कलकत्ता पोर्टमा नेपाली सामान आयात कर्ताहरुले धेरै दु:ख, हैरानी पाउने र सामान आयातमा ढिलासुस्ति हुने गरेको छ । रेल्वे क्यारिङमा ढिला सुस्ति हुने, बढि शुल्का तिर्नु पर्ने ,समयमा क्यारिङ नहुने ,नेपाल आउने सामानमा भारतीय पोर्टले कम प्रथामिकता दिने कारणले रेल्वे ढुवानीबाट सामान कम आयात हुने गरेको वीरगञ्ज ड्राइपोर्ट भन्सार कार्यालय सिर्सियाका प्रमुख भन्सार अधिकृत सूर्य सेढाईले बताएका छन् ।
सिर्सिया बन्दरगाहाको भाैतिक पूर्वाधार २० बर्ष पुराना छन् । यी संरचनाले अहिले माग धान्न सक्दैन। बन्दरगाहाको टर्मिनल अपरेशन व्यवस्थापन सुधार र कलकत्ता पोर्टमा व्यवस्थापनमा उच्च सुधार नगरि यस भन्सार कार्यालयबाट लक्षित राजश्व असुली गर्न चुनाैति रहने प्रमुख अधिकृत सेढाईले बताएका छन् ।
Comments
अरु समाचार
-
पहिरोका कारण मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग र पृथ्वी राजमार्ग अवरुद्ध
काठमाण्डौ । धादिङको कृष्णभीर, परेवाभीर, ज्यामिरेघाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भैरहेको,...
-
कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको हो...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












