वीरगञ्ज ड्राइपोर्ट भन्सारबाट २७ अर्ब ३३करोड ५१लाख राजश्व असुली
काठमाण्डाैँ ३, साउन । गत आर्थिक बर्ष २०७४/७५ मा वीरगञ्ज ड्राइपोर्ट भन्सार कार्यालय ले २७अर्ब ३३करोड ५१लाख राजश्व असुली गरेको छ ।
अघिल्लो आर्थिक बर्षमा भन्दा यो भन्सार कार्यालयले करिब रु. ५अर्ब २५करोड भन्दा बढि राजश्व असुल गरेको छ । यो भन्सार कार्यालयले अघिल्लो आर्थिक २०७३/०७४मा रु. २१अर्ब ९८करोडअसुली गरेको थियो ।
यस भन्सार कार्यालयलाई गत आर्थिक बर्षमा रु. २८अर्ब २९ करोड रुपैँ राजश्व असुल गर्ने लक्ष्य तोकिएको भएपनि गत बर्षको साउन अन्तिम साता तराइ मधेशमा आएको भिषण बर्षा, बाढी र डुबानले भारतमा रेल्वे लिग बिग्रिएर रेल्वे सेवा सञ्चालन हुन नसकेको कारण करिब तीन साता सुख्खा बन्रदगाहा पूर्णरुपमा बन्द हुन पुगेको र करिब तिन महिना रेल्वे संचालनमा बेलाबेलामा अवरोध आएकाले यसले वीरगञ्ज सुख्खा बन्दरगाहाबाट सामान आयात गर्ने एलसि खोलेका आयातकर्ताहरुले अर्को भन्सार कार्यालयबाट सामान आयात गरेका कारण यस ड्राइपोर्ट भन्सार कार्यालयले करिब डेढ अर्ब राजश्व उठ्न नसकेको बताइन्छ ।
वीरगञ्ज आैधोगिक करिडोर क्षेत्रमा करिब डेढ अर्ब राजश्व उठ्ने डन्डी र रड उधोगको कच्चा पदार्थ आयात नभएको, बर्षायाममा तीन महिना बाढी र डुबानका कारण रेल्वे लाइनमा पटक-पटक अबरुद्द भएको, उधोगहरु बन्द भएको करण कच्चा पदार्थ आयात हुन नसकेको र यथार्थ आयात भन्दा बढि आयात हुने गरि हचुवाको भरमा वास्तबिक लक्ष्य निर्धारण गरिएको कारण राजस्व असुलीमा करिब रु. ९५ करोड कमि असुली भएको छ ।
यस भन्सार कार्यालायमा सामान आयात गर्ने माध्यम भारतीय रेल मार्ग हो । कलकत्ता पोर्टमा नेपाली सामान आयात कर्ताहरुले धेरै दु:ख, हैरानी पाउने र सामान आयातमा ढिलासुस्ति हुने गरेको छ । रेल्वे क्यारिङमा ढिला सुस्ति हुने, बढि शुल्का तिर्नु पर्ने ,समयमा क्यारिङ नहुने ,नेपाल आउने सामानमा भारतीय पोर्टले कम प्रथामिकता दिने कारणले रेल्वे ढुवानीबाट सामान कम आयात हुने गरेको वीरगञ्ज ड्राइपोर्ट भन्सार कार्यालय सिर्सियाका प्रमुख भन्सार अधिकृत सूर्य सेढाईले बताएका छन् ।
सिर्सिया बन्दरगाहाको भाैतिक पूर्वाधार २० बर्ष पुराना छन् । यी संरचनाले अहिले माग धान्न सक्दैन। बन्दरगाहाको टर्मिनल अपरेशन व्यवस्थापन सुधार र कलकत्ता पोर्टमा व्यवस्थापनमा उच्च सुधार नगरि यस भन्सार कार्यालयबाट लक्षित राजश्व असुली गर्न चुनाैति रहने प्रमुख अधिकृत सेढाईले बताएका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












