विद्युत् पुगेपछि गाउँकै नाम ‘कुलमान घिसिङ चोक’
बनियानी, झापा, ४ साउन । झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ ।
मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँवासीले आफ्नो गाउँको नाम परिवर्तन गरी ‘कुलमान घिसिङ चोक’ राखेका हुन् ।
उक्त गाउँमा २०० घरधुरी रहेका छन् । तीमध्ये १०० घरमा विद्युत् सेवा नहुँदा टुकी बाल्दै आएका थिए । “बिजुली भएका घरमा भोल्टेज कम हुने समस्याले गाउँवासी हैरान थिए”, चोक नामाकरण समितिका अध्यक्ष श्याम ओलीले भन्नुभयो, “कुलमानजीलाई समस्या बताउँदा अहिले विद्युत्को समस्या छैन, तुरुन्तै व्यवस्था हुन्छ भने लगत्तै बत्ती पुगेपछि गाउँको नाम कुलमान घिसिङ चोक राखेका हौँ ।”
विद्युत् समस्याका विषयमा स्थानीयवासीले कार्यकारी निर्देशक घिसिङसमक्ष कुरा राखेको र त्यसलगत्तै सरकारको ‘उज्यालो नेपाल कार्यक्रम’ अन्तर्गत रु २२ लाखको लागतमा १०० केभिए क्षमताको ट्रान्समिटर, बिजुलीका पोल र तार जडान गरिएको नेपाल विद्युत् प्राधिकरण अनारमनीका प्रमुख जितेन्द्रकुमार झाले जानकारी दिए ।
अहिले उक्त गाउँमा भोल्टेजको समस्या समाधान हुनाका साथै टुकी बाल्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीय युवा कुमार साँवाले बताए । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुरुङ्गाबाट छ किलोमिटर दक्षिण रहेको यो गाउँमा कुलमान घिसिङकै फोटो अंकित बोर्डसमेत राखिएको छ ।
पर्याप्त भोल्टेज भएको विद्युत् आउन थालेपछि किसानले सिँचाइका लागि मोटरसमेत राख्न थालेको साँवाले बताए ।
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो
काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५...
-
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय...
-
चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...












