स्थानीय तहमा उजुरी मेलमिलापमार्फत टुंगिने गरि न्यायिक समितिमा परे ८४ उजुरी
उर्लाबारी, मोरङ, ६ साउन । उर्लाबारी नगरपालिका, न्यायिक समितिमा गत आर्थिक वर्ष २०७४÷७५ मा ८४ उजुरी परेका छन् ।
स्थानीय तहमा अधिकांश उजुरी मेलमिलापमार्फत टुंगिने गरेका छन् । ती उजुरीमध्ये ३५ वटा मेलमिलाप भएको, ४६ वटा मेलमिलाप हुन नसकेको र तीन वटा उजुरी प्रक्रियामा छन् । नेपालको संविधानको भाग १७ को धारा २१७ मा व्यवस्था गरिएको न्यायिक समितिअन्तर्गत उपधारा १ मा कानूनबमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न नगरपालिका वा गाउँपालिका उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति रहने व्यवस्था गरिएको छ ।
नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारीका अनुसारसमितिमा गत आर्थिक वर्षमा आठ उजुरी सम्बन्धविच्छेदसम्बन्धी छन् । तीमध्ये पाँच वटामा मेलमिलाप गराइएको छ भने तीन वटा मिल्न सकेनन् । त्यस्तै खान लाउन पाऊँ भन्नेसम्बन्धी एउटा उजुरी परेकामा त्यो प्रक्रियामा छ । जग्गा विवादसम्बन्धी १८ उजुरी परेकामा नौ वटा मेलमिलाप भएका छन् भने त्यति नै उजुरी मिल्न सकेनन् ।
यसैगरी आर्थिक लेनदेनका विषयमा २३ उजुरी परेकामा छ वटा मेलमिलाप भएका छन् भने १७ वटा मिल्न सकेनन् । समितिमा अंश विवादसम्बन्धी १२ उजुरी परेकामा पाँच वटा मेलमिलाप भएका छन् भने सात मुद्दा मेलमिलाप हुन सकेनन् । घर निर्माणमा अवरोध, बाटो मिचाइ, बाटो भत्काएको, छिमेकीबाट दुर्गन्ध बनाइएको, गालीगलोजलगायत २३ उजुरी परेकामा १० वटा मेलमिलाप भएका छन् भने १३ वटा मिल्न सकेनन् ।
समितिले तालीमप्राप्त मेलमिलापकर्ताको सहयोगमा वडाध्यक्ष तथा सदस्यको रोहवरमा पहिलो चरणमा वडा तहमै छलफल गराउने गरेको छ । समितिमा उपप्रमुख भण्डारी संयोजक तथा वडा नं ७ का सदस्यद्वय निरोज तिम्सिना र शोभितमाया तामाङ सदस्य रहेकी छन् । अदालतको न्याय महँगो र लामो भएकाले पनि नागरिकलाई स्थानीय तहबाट निःशुल्क र छिटोछरितो न्याय पाउन सहज भएको उपप्रमुख भण्डारीले बताइन।
उनका अनुसार समितिमा मेलमिलाप हुन नसकेमा मात्र जिल्ला अदालतमा जान सुझाव दिइनेछ । स्थानीय तहमा न्याय निरुपणका लागि छुट्टै इजलास हुनुपर्ने संवैधानिक व्यवस्था रहे पनि उपप्रमुखको कार्यकक्षमै मुद्दाको छलफल हुने गरेको छ ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











