कानुनमन्त्रीले माफी माग्ने, छात्रामाथिको गरेको टिप्पणी गलत
काठमाडाैं ६, साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले बंगलादेशमा पढ्ने छात्राहरुको बारेमा दिएको अभिव्यक्ति गलत भएको भन्दै माफी माग्ने बताएका छन् ।
राजधानीको चुच्चेपाटीस्थित प्राक्सिस इन्टरनेसनल एकेडेमीमा शुक्रबार मन्त्री तामाङले ‘बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने छात्राहरूमाथि यौन शोषण भइरहेको’ बताएका थिए। उनले ‘डाक्टर पढ्न बंगलादेश जाने छोरी-चेलीबारे आज म कथा खोल्छु’ भन्दै दिएको भाषणको भिडियो सार्वजनिक भएपछि मन्त्री तामाङ विवादमा तानिएका छन् ।
उनले बंगलादेश पढ्न गएका केही विद्यार्थीले आत्महत्या गरेको प्रसंग निकाल्दै नेपाली छोरीचेली हिंसामा नपरून् भनेर सचेत गराउन खोजेको जनाएका छन् । सँगसँगै, भाषणमा आफूले दिएको अभिव्यक्ति गलत भएको पनि उनले बताए।
यसअघि झापा, बिएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले पनि बंगलादेश जाने छात्राहरु बंगलादेशमा आफ्नो शरीर सुम्पेर मात्र डाक्टरी पास हुने गरेको भन्दै विवादित टिप्पणी गरेका थिए ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












