असफल जनप्रतिनिधि साबित भए सिस्ने गाउँपालिकाको वडा नं ३ का अध्यक्ष खड्का
रुकुम पूर्व ६, साउन । प्रदेश नं ५ अन्तरगत सिस्ने गाँउपालिकाको वडा नं ३ मा संघिय सरकारको बजेट बिनियोजन भएको छ ।
चालू आर्थिक वर्षको ५३ लाख बजेट वडा नं ३ मा आएकोमा बजेट बिनियोजनमा समानता नभएको भन्ने टिप्पणी आइरहेका बेला रुष्ट पोखरावासीहरु अध्यक्ष पशुपति खड्का लाई असफल जनप्रतिनिधि को संज्ञा दिएका छन ।
वडापालिका अध्यक्ष पशुपति खड्काले बजेट बिनियोजन प्रकृयामा समान किसिमले गर्न नसकेको असफल जनप्रतिनिधि भन्दै चाैतर्फि बिरोध भइरहेको स्थानिय युवा चिताराम खड्काले बताए ।
भुगोल , जनसंख्या , ज्वलन्त आबश्यकतालाइ बाइपास गरि हचुवाको भरमा बजेट पास गरेको भन्दै अध्यक्ष खड्काको चाैतर्फि आलोचना भइरहेको छ । साैजन्य विद्यालय मर्मतको नाममा मात्रै आठ लाख बजेट बिनियोजन गरिए पछि सुरुभएको असन्तुष्टिमा तेल थप्ने काम अन्य शिर्षकको बजेटले एकै ठाँउमा केन्द्रित बजेटले गरेको खड्काले जनाएका छन् ।
वडापालिका अध्यक्ष पशुपति खड्काले आफ्नो घरभएको स्थान माथिल्लो पोखरामा सडक निर्माण गर्न भन्दै दुई लाख बजेट बिनियोजन गरेर थप आलोचित भएका उनी स्थानिय गाउलेको थप तारो बन्ने पक्का जस्तै भएको छ ।
अधिकांस बजेट पांगामा परेको भन्दै अध्यक्ष खड्काको आलोचना तिब्र रुपमा भएकाले उनको साथ र समर्थनमा रहेका तत्कालिन उनका भोटर समेत बिपक्षमा उभिने भन्दै आलोचना हुन थालेको जनाइएको छ ।
Comments
अरु समाचार
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...
-
अन्तिम कारोबार दिन पनि बढेर रोकियो नेप्से, २७ अंकले बढ्दा तीन अर्ब २८ करोडको शेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन छ दशमलव ९४ अंकले...
-
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
भरतपुर । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज...
-
भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा गरे प्रदर्शन
बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष...
-
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार, बुधबार...
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...












