सार्वजनिक क्षेत्र र निजि क्षेत्रलाई नियमन र व्यवस्थापन गर्दै समाजवादको आधार तयार पार्नु पर्छ: अध्यक्ष प्रचण्ड
काठमाण्डाैँ ७, असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै मेडिकल कलेजहरूलार्इ राष्ट्रियकरण गरेर समस्याको समाधान नहुने बताएका छन् । सोमबार काठमाडाैंमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने ‘हाम्राे संविधानले के परिकल्पना गरेको छ भने निजि क्षेत्र, सार्वजनिक क्षेत्र, संयोजनबाट देशको अर्थतन्त्रलाइ अगाडी बढाउने व्यक्त गरेको छ । उनले भने, ‘हामी सम्पूर्ण रुपले निजी क्षेत्रलाई उन्मुलन गर्न सक्दैनौँ, नियमन र व्यवस्थापन गर्दै समाजवादको आधार तयार पार्ने हाम्रो उद्देश्य हो ।’
डा. गोविन्द केसीको अनशनलाई निहुँ बनाएर ‘धमिलो पानीमा माछा मार्न खोजिएको’ टिप्पणी गरेका छन् । शिक्षा क्षेत्रमा रहेका समस्या र केसीको अनशनलाई निहुँ बनाएर एउटा वर्गले राजनीतिक अस्थिरतालाई निरन्तरता दिन खोजेको प्रचण्डको भनाई छ ।
अनशनमा रहेका केसीको स्वास्थ्य परीक्षण पनि गर्न नदिने, जीवनरक्षा पनि गर्न नदिने र उनीसँग वार्ता पनि गर्न नदिने तत्व सक्रिय भएको बताए ।
‘यो हेर्दा शिक्षा क्षेत्रबाट सुरु भएजस्तो देखिन्छ । तर यहाँ बडा विचित्र भएको छ’, उनले भने, ‘उहाँको जीवनरक्षा गर्न पनि नदिने, सरकारी डाक्टरहरूलाई स्वास्थ्य परीक्षण गर्न पनि नदिने र उहाँसँग वार्ता गर्न पनि नदिने काम भइरहेको छ ।
‘एकथरी मानिसहरू नेपालमा स्थितरता नहोस्, समृद्धि नहोस्, नेपालको शिक्षाक्षेत्रसहित सबै क्षेत्रमा विकास र सुधार नहोस् भन्ने सुधार नहोस् भन्ने चाहना राख्ने र त्यसैमा विगतदेखि फाइदा कमाइरहेको सानो वर्गले अहिले पनि निहुँ बनाउन खोजेको छ र राजनीतिक अस्थिरतालाई निरन्तरता दिन खोजेको छ’ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












