विराटनगर स्थायी राजधानी हुनुपर्नेमा जोड
विराटनगर ८, साउन । सेवा, सुरक्षा र सुविधाको दृष्टिकोणले प्रदेश नं १ को राजधानी विराटनगर नै स्थायी राजधानी हुनुपर्नेमा जोड दिन थालिएको छ ।
पछिल्लो राजनीतिक परिवर्तनपछि मुलुकमा बनेका प्रदेशका अस्थायी राजधानीमध्ये सबै पूर्वाधारको दृष्टिकोणले विराटनगर नै स्थायी राजधानी बनाउनुपर्ने बहस भइरहेको हो ।
आर्थिक, सामाजिक, राजनीतिक र बहुसांस्कृतिकजस्ता विविधता रहेको विराटनगर शहर विसं १९७१ मा जिल्लाको पूर्वी तथा दक्षिणी क्षेत्र रंगेलीबाट सदरमुकाम सरेर आएको लगभग १०० वर्ष भइसकेको र अहिले मुलुककै दोस्रो विकसित शहरका रुपमा चिनिएको छ ।
हाल ७७ वर्ग किलोमिटरमा फैलिएको यो महानगरपालिकामा दुई लाख ८० हजार जनसंख्यामा रहेकामा महिला एक लाख ३८ हजार ८५ र पुरुष एक लाख ४२ हजार छन् । कूल १९ वटा वडा रहेको यो महानगरमा ४७ हजार ७९८ घरधुरी छन् ।महानगरपालिका क्षेत्रभित्र सुरक्षाको दृष्टिकोणले पूर्व क्षेत्रीय प्रहरी कार्यालय, सशस्त्र गणदेखि लिएर अन्य सुरक्षाका निकायहरु छन् ।
कुनै समयमा औद्योगिक नगरीका रुपमा परिचित विराटनगरमा बिपी कोइराला, मातृकाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्न सफल हुनुभएकाले राजनीतिक राजधानीको रूपमा पनि यो क्षेत्र परिचित हुँदै आएको छ ।
दर्जनौँ मन्त्री र समाजसेवी उत्पादन भएको यो क्षेत्रलाई विकसित गर्न बेलायती सरकारले धरानमा स्थापना गरेको मलाया क्याम्प जान भारतको जोगवनीदेखि विराटनगर हुँदै धरानसम्मको सडक निर्माण हुनु र अहिले सो बाटो छ लेनमा विकसित हुँदै जानुका अतिरिक्त पूर्व–पश्चिमको हुलाकी मार्ग विराटनगरसँग जोडिनुका साथै विराटनगर–झापाको भद्रपुर , विराटनगर–उर्लाबारी र विराटनगर–विराट चोक जान यातायातको सुविधा भएकाले पनि विराटनगरलाई प्रदेश नं १ को राजधानी हुनुपर्नेमा जोड दिइएको हो ।
हाल क्षेत्रीयस्तरको विमानस्थल, औद्योगिक, शैक्षिक र स्वास्थ्य प्रतिष्ठानले पूर्णता पाएको विराटनगर राजधानी हुनलाई कुनै पनि कुराले समस्या नहुने स्थानीय ज्येष्ठ नागरिक इन्द्रप्रसाद दाहालले बताए ।
राजधानी विराटनगर नै हुनुपर्ने र यसको नामकरण कोशी प्रदेश गरिनुपर्नेमा वरिष्ठ पत्रकार यज्ञराज शर्माले जोड दिए । सप्त कोशीबाट प्रदेश नं १ मा झापाबाहेकका सबै जिल्लामा पानी वितरण र भावनासँग जोडिएकाले यो प्रदेशको राजधानीको नाम कोशी हुनुपर्ने उहाँको दाबी थियो ।
उक्त महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरलाई प्रादेशिक राजधानी बनाउन महानगरपालिकाबाट गरिने सबै किसिमको सहयोग गर्न तयार रहेकामा जोड दिए।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिका निवासी विनोद ढकालले सबै सम्भावना भएकै कारण अस्थायी रुपमा बनेका प्रदेश नं १ को राजधानी अन्यत्र सार्न नमिल्ने तर्क गर्दै यो प्रदेशको नाम विवादरहित बनाउन कोशी वा सगरमाथा प्रदेश राख्नुपर्नेमा जोड दिए ।
सोही दलका अर्का केन्द्रीय सदस्य महेश रेग्मीले भौतिक पूर्वाधार, राजनीतिक चेतना, आर्थिक क्षेत्र, ऐतिहासिकतासँग जोडिएको विराटनगर नै स्थायी राजधानी हुनुपर्ने भन्दै सामाजिक सद्भाव र एकताका लागि यो प्रदेशको नाम ‘सगरमाथा प्रदेश’ भएमा सबैको शिर उच्च हुने र अन्तर्राष्ट्रियस्तरमा पनि देशको चिनारी हुने उल्लेख गरे ।
Comments
अरु समाचार
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...
-
मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने !
काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत प्रयोजनका लागि...
-
वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद !
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...












