राष्ट्रियसभा बैठक अवरुद्ध
काठमाण्डाैँ ९, साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने भन्दै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।
काङ्ग्रेसले डाक्टर केसीले उठाएको माग सम्बोधन गरी जीवन रक्षा गर्नुपर्ने, तरुण दलको प्रर्दशनमा भएको प्रहरी धरपकडबारे गृहमन्त्रीको जवाफ र बंगलादेशमा अध्ययनरत नेपाली छात्राको अपमान हुने गरि अभिव्यक्ति दिएका दुर्गा प्रसाईलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेको हो ।
बुधबारको बैठकमा अध्यक्षसँग समय लिएर बोल्दै काङ्ग्रेसका राष्ट्रियसभा सदस्य बद्री प्रसाद पाण्डेले २६ औ दिनसम्म अनसनमा बस्नुभएका डाक्टर गोविन्द केसीको माग सम्बोधन, राजधानीमा तरुणदलको प्रर्दशनमा भएको प्रहरी दमनबारे गृहमन्त्रीको जवाफ, प्रसाईमाथि कानुनी कारवाही लगायतका माग पुरा नहुन्जेल बैठक चल्न नसक्ने बताए ।
। पाण्डेको भनाईसँगै काङ्ग्रेसका सदस्यहरु उभिएका थिए ।
कांग्रेसका सदस्यहरुले उभिएर विरोध जनाईरहेपछि अध्यक्ष तिमिल्सिनाले साउन १६ गते बुधबार ११ बजे सम्मका लागि बैठक स्थगित गरे ।
त्यसअघि अध्यक्ष तिमिल्सिनाले सरकारका मन्त्रीहरुलाई समयमै बैठकमा उपस्थित हुनका लागि ध्यानाकर्षण गराए । आजको बैठकमा विषयगत समिति गठन गर्ने कार्यतालिका थियो ।
राष्ट्रियसभाको मंगलबारको बैठक पनि कांग्रेसको विरोधका कारण अवरुद्ध भएको थियो ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












