अर्नालाई बचाउन ढिस्को निर्माण
चितवन ९, साउन । चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा राखिएका अर्नालाई बर्सातमा बाढीबाट जोगाउन ढिस्को निर्माण गरिएको छ । गत वर्षको बर्सातमा आएको बाढीका कारण दुई अर्ना मरेका थिए । बाँकी सबै संक्रमणबाट ग्रसित भएका थिए । बाढीकै कारण सोही ठाउँमा राखिएका तीन बाह्रसिंगे हराएका थिए ।
निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार एक मिटर अग्लो, ६ मिटर चौडा र २० मिटर लामो दुई वटा ढिस्को निर्माण गरिएको छ । पाठकका अनुसार बर्सातमा बाढी आएमा अर्ना ढिस्कोमा बस्न सक्ने बनाइएको छ । बाढीको समयमा सबैतिर पानी भरिँदा ओभानोमा बस्न सहयोग पुग्ने र सामान्य घाँस ओभानोमा उपलब्ध गराउन ढिस्को निर्माण गरिएको बताइएको छ ।
तारवार गरिएको क्षेत्रमा पानी छिर्ने ठाउँ र बाहिरिने ठाउँमा ढलान गरेर बलियो बनाइएको छ । पाठकका अनुसार पानी बाहिरिने ठाउँमा बाढीले भत्काएर गत वर्ष तीन वटा बाह्रसिंगे भागेका थिए । पानीले खोलेर अर्ना र बाह्रसिंगे बाहिर जान नपाउन भन्नका लागि समयमा नै ढलान गरिएको उहाँले बताउनुभयो । गत वर्ष बाढीका कारण खानाको अभावले सबै अर्ना बिरामी परेका थिए ।
निकुञ्जका वरिष्ठ पशु चिकित्सक कमल गैरेका अनुसार गत वर्ष बर्सातका कारण खानेकुरा अस्वस्थकर भई अर्नामा परजीवी फैलिएको थियो । लामो समयसम्म उपचार र बाहिरबाट पोषण एवम् खानेकुरा खुवाएपछि अर्ना बचेको उहाँले बताउनुभयो । हाल दैनिक हात्तीबाट सो स्थानमा पुगेर अनुगमन गर्ने काम भइरहेको छ । अर्नाको नियमित गोबर परीक्षण गरिएको उनले बताए।
पाठकका अनुसार हाल सो ठाउँमा नौ वटा अर्ना रहेका छन् । ती मध्ये दुई भाले र अन्य पोथी छन् । सोही ठाउँमा एउटा पोथी बाह्रसिंगे छ । तीन वटा अर्ना ब्याउने अवस्थामा रहेको बताइएको छ ।
गत वर्ष कोशीटप्पुबाट अर्ना र शुक्लाफाँटाबाट बाह्रसिंगे ल्याइएको थियो । निकुञ्जभित्र पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर जमीनलाई विद्युतीय तारबार गरेर कोशीबाट ल्याइएका १२ र जावलाखेलको सदर चिडियाखानाबाट ल्याइएका तीन सहित १५ अर्ना राखिएको थियो । चिडियाखानाबाट ल्याइएका तीन वटा अर्ना पहिला नै मरेका थिए । बाढीले दुई र बाघले खाएर एउटा अर्ना मरेपछि नौ वटा बाँकी रहेका हुन् । बाह्रसिंगे सात वटा ल्याइएकामा तत्कालै तीन वटा मरेका थिए भने तीन वटा बाढी सँगै हराएको र एउटा बाँकी रहेको पाठकले बताए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












