अर्नालाई बचाउन ढिस्को निर्माण
चितवन ९, साउन । चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा राखिएका अर्नालाई बर्सातमा बाढीबाट जोगाउन ढिस्को निर्माण गरिएको छ । गत वर्षको बर्सातमा आएको बाढीका कारण दुई अर्ना मरेका थिए । बाँकी सबै संक्रमणबाट ग्रसित भएका थिए । बाढीकै कारण सोही ठाउँमा राखिएका तीन बाह्रसिंगे हराएका थिए ।
निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार एक मिटर अग्लो, ६ मिटर चौडा र २० मिटर लामो दुई वटा ढिस्को निर्माण गरिएको छ । पाठकका अनुसार बर्सातमा बाढी आएमा अर्ना ढिस्कोमा बस्न सक्ने बनाइएको छ । बाढीको समयमा सबैतिर पानी भरिँदा ओभानोमा बस्न सहयोग पुग्ने र सामान्य घाँस ओभानोमा उपलब्ध गराउन ढिस्को निर्माण गरिएको बताइएको छ ।
तारवार गरिएको क्षेत्रमा पानी छिर्ने ठाउँ र बाहिरिने ठाउँमा ढलान गरेर बलियो बनाइएको छ । पाठकका अनुसार पानी बाहिरिने ठाउँमा बाढीले भत्काएर गत वर्ष तीन वटा बाह्रसिंगे भागेका थिए । पानीले खोलेर अर्ना र बाह्रसिंगे बाहिर जान नपाउन भन्नका लागि समयमा नै ढलान गरिएको उहाँले बताउनुभयो । गत वर्ष बाढीका कारण खानाको अभावले सबै अर्ना बिरामी परेका थिए ।
निकुञ्जका वरिष्ठ पशु चिकित्सक कमल गैरेका अनुसार गत वर्ष बर्सातका कारण खानेकुरा अस्वस्थकर भई अर्नामा परजीवी फैलिएको थियो । लामो समयसम्म उपचार र बाहिरबाट पोषण एवम् खानेकुरा खुवाएपछि अर्ना बचेको उहाँले बताउनुभयो । हाल दैनिक हात्तीबाट सो स्थानमा पुगेर अनुगमन गर्ने काम भइरहेको छ । अर्नाको नियमित गोबर परीक्षण गरिएको उनले बताए।
पाठकका अनुसार हाल सो ठाउँमा नौ वटा अर्ना रहेका छन् । ती मध्ये दुई भाले र अन्य पोथी छन् । सोही ठाउँमा एउटा पोथी बाह्रसिंगे छ । तीन वटा अर्ना ब्याउने अवस्थामा रहेको बताइएको छ ।
गत वर्ष कोशीटप्पुबाट अर्ना र शुक्लाफाँटाबाट बाह्रसिंगे ल्याइएको थियो । निकुञ्जभित्र पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर जमीनलाई विद्युतीय तारबार गरेर कोशीबाट ल्याइएका १२ र जावलाखेलको सदर चिडियाखानाबाट ल्याइएका तीन सहित १५ अर्ना राखिएको थियो । चिडियाखानाबाट ल्याइएका तीन वटा अर्ना पहिला नै मरेका थिए । बाढीले दुई र बाघले खाएर एउटा अर्ना मरेपछि नौ वटा बाँकी रहेका हुन् । बाह्रसिंगे सात वटा ल्याइएकामा तत्कालै तीन वटा मरेका थिए भने तीन वटा बाढी सँगै हराएको र एउटा बाँकी रहेको पाठकले बताए ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












