ताजा समाचार

सरकारका निरंकुश कार्य शैलिका बिरुध्द जुध्न आहृवान:महामन्त्रि कोइराला

काठमाडौं ९, साउन । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारको निरंकुशताविरुद्ध जेहाद छेड्ने चेतावनी दिएका छन् । महामन्त्री कोइरालाले सरकारका निरंकुश कार्य शैलिका बिरुध्द  जुध्न पार्टीका सबै नेता, कार्यकर्तालाई एकजुट भएर अघि बढ्न पनि आहृवान गरे ।

बुधबार आयोजित वीपी स्मृति दिवसको एक कार्यक्रममा उनले सरकारले पञ्चायतकालीन शैलीमा तरुण दलका नेता, कार्यकर्तामाथि केही दिनअघि आक्रमण गरेको स्मरण गराउँदै आक्रोश पनि व्यक्त गरे । कोइरालाले सरकारको ज्यादतिविरुद्ध नडराई कलमचलाउन  पनि पार्टी निकटका पत्रकारहरुलाई आग्रह गरे ।

उपसभापति विमलेन्द्र निधिले सरकारले दुई तिहाइ दम्भका साथ अधिनायकवादी चरित्र देखाइरहेको आरोप लगाउँदै त्यसविरुद्ध लड्न पार्टीका सबै जनवर्गीय संगठनहरुलाई आग्रह गरे ।

सरकार संविधानको आधारभूत मूल्य, मान्यता कुल्चेर अधिनायकबादी गतिविधिमा संलग्न रहेको आरोप पनि लगाए ।

उपसभापति निधिले शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका आफ्ना पार्टीका युवा संगठन तरुण दलका नेताहरुलाई घाइते बनाउने काम गरिएको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org