डा. केसीको उपचार गर्न प्रधानमन्त्रीको निजी चिकित्सक शाहको संयोजकत्वमा समिति गठन
काठमाडाैं १०, साउन । डा. गोबिन्द केसीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालले चिकित्सक टोली गठन गरेको छ ।
२७ दिनदेखि आमरण अनसनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक भइरहेका रिपोर्टहरु आइरहेका बेला सामान्य चिकित्सा विभाग प्रमुख प्रा. डा प्रदीपकृष्ण श्रेष्ठ र नेफ्रोलोजी विभाग प्रमुख प्रा.डा दिव्या शाह शाहको संयुक्त संयोजकत्वमा नौ सदस्यीय स्वास्थ्य उपचार टोली गठन भएको छ ।
शाह प्रधानमन्त्री आेलीको निजी चिकित्सक हुन् । उनी डा. केसीको समर्थक पनि हुन भने, उनले सरकार र केसीपक्षबीच सहमतिका लागि समन्वय समेत गरिरहेकी छन ।
स्वास्थ्य उपचार टोलीमा सदस्यहरु क्रमश: सहप्राध्यापक डा. सुवास आचार्य, प्रा. डा प्रमेशसुन्दर श्रेष्ठ, डा. सूर्य देवकोटा, डा. पंकज पन्त, डा. रविन नेपाली उप-प्रशासक टेकबहादुर कार्की, तथा नर्सिङ अधिकृत गंगा थापा रहेका छन् ।
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक मन्दिरा वन्तले डा. केसीको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन अस्पताल व्यवस्थापन तथा स्वास्थ्य उपचार टोलीका सदस्यहरुसँग समन्वय तथा सहकार्य गर्न निर्देशन दिएकी छन् ।
सरकार र डा. गोबिन्द केसी पक्षबीच आज पुन: वार्ता हुँदै छ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












