डिएलएको अध्यक्षमा योगेन्द्र बहादुर अधिकारी नै किन ? अधिकारी यस्तो भन्छन्… (भिडियोसहित)
काठमाडाैं ११, साउन । यहि साउन १२ र १३ गते डेमोक्रेटिक लयर्स एशोसियशन (डिएलए) को दशाैं महाधिवेशनको निर्वाचनकालागि योगेन्द्र बहादुर अधिकारीले अध्यक्ष पदकालागि उम्मेदवारीको घोषणा गर्दै वरिष्ठ अधिवक्ता तथा महाधिवेशन प्रतिनिधिहरुलाई भोट गर्न अपिल गरेका छन् ।
विवादका कारण विगत पाँच वर्षदेखि हुन नसकेको डिएलएको अधिबेशनमा अध्यक्ष पदकालागि आधा दर्जन कानुन व्यवसायी अहोरात्र लागि परेका छन् ।
संखुवासभामा जन्मेका उनी मोरङबाट अध्यनको सुरुवात गरेको बताउछन् । सप्तरीको महेन्द्र विन्देश्वरी क्याम्पसबाट कानुनमा प्रविनता प्रमाणपत्र तह उत्तिर्ण गरेका उनी स्नातक र स्नात्तकोत्तर नेपाल ल क्याम्पसबाट गरेका हुन् । फौजदारी कानुनमा स्नात्तकोत्तर गरेका उनी २६ वर्ष देखि निरन्तर कानुन व्यवसायमा कटिबद्ध भइ लागेका छन् ।
न्युज-नेपालसंग कुरा गर्दै उनले संगठनमा रहेको लामो समयदेखिको विवादलाई समाधान र स्वच्छ एंव बाैद्विक मानिसको नेतृत्वमा संगठन नअाइ गुट-उपगुटको अन्त्य नहुने र संगठनको उद्वेश्य अनुसार काम नहुनेमा आफू विश्वस्त रहेको जनाए । विवादका कारण संगठन अकर्मण्यतामा फसेको भन्दै आफ्नो उम्मेदवारी एकताबद्ध संगठनको निर्मानका साथै सवैको संगठन बनाउनु रहेको जिकिर गरे ।
पटक–पटक काठमाडौं बारको नेतृत्व सम्हालेका अधिकारी नेपाल बार एशोसियशनको केन्द्रिय सदस्यको रुपमा समेत काम गरि सकेका छन् । सर्वोच्च अदालतको इकाई अध्यक्ष समेत भएका उनी यसपालाको निर्वाचनमा निर्वाचित भएर डिलएलको नेतृत्व गर्न आतुर छन् ।
२०६२/०६३ को जनआन्दोलनमा तत्कालिन नेपाल बार एशोसिएसनका अध्यक्ष शम्भु थापा, महासचिव माधव बास्कोटा, उपाध्यक्ष शेरबहादुर केसीसँगै गिरफ्तारीमा परेका अधिकारीले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
अधिकारीले आम मतदातामाझ छोडेको भिडियो सन्देश:
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












