वास्तबिक लक्षित बर्गसम्म पुग्न सकेन अनुदान रकम:मन्त्रि खनाल
काठमाण्डाैँ १२, साउन ।नेपाल सरकारका कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनालले कृषकको स्तर उकास्नका लागि सरकारले आवश्यक प्रबन्ध मिलाउने आश्वासन दिएका छन्।
राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार किसानसँग गरेको अन्तरक्रियामा सम्बोधन गर्दै मन्त्री खनालले कृषि प्रविधिको विकास, प्रशिक्षण, अनुदानको व्यवस्था र बजारको सुनिश्चततामा सरकारले ध्यान दिन सके कृषि र कृषकको स्तरलाई माथि लैजान सकिने बताए।
किसानले उपयुक्त जमिन नपाउनु, उनीहरुलाई समस्या सम्बोधन गर्नसक्ने कानुन नहुनु, भएका कानुनको पनि प्रभावकारी कार्यान्वयन नहुनु लगायतले किसानको स्तर माथि उठ्न नसकेको मन्त्री खनालको तर्क थियो। उनले कृषि र कृषकका लागि छुट्याइएको अनुदान वास्तविक कृषकको हातमा पुग्न नसक्दा कृषकहरु केही गर्न नसक्ने स्थितीमा पुगेको टिप्पणी गरे।
उनले कालिमाटी तरकारी बजारमा व्यापारीले मानवस्वास्थ्यमा गम्भीर असर पार्ने ‘केमिकल’ राखेर माछा बेच्ने गरेको पाइएको भन्दै त्यस्ता कार्यको नियन्त्रण मन्त्रीले मात्रै गरेर नहुने भएकाले सबै सचेत हुनुपर्ने बताए।
बजार नियमन गर्ने नाममा साना किसान मर्कामा परेको भन्दै आयोगले सरोकारवाला निकाय र विभागीय मन्त्रीसँग अन्तरक्रिया गरेको हो।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












