प्रदेश पाँचका प्रदेशसभा सदस्यहरुको सेवा सुविधा वृद्धि गर्ने
काठमाण्डाैँ १२,साउन । प्रदेश ५ को प्रदेशसभा सदस्यहरुको सेवा सुविधा वृद्धि गर्ने गरी संसदको विषयगत समितिले प्रतिवेदन पेश गरेको छ ।
निर्वाचित जनप्रतिनिधिहरू आफ्नै सेवासुबिधा वृद्धिमा केन्द्रीत भईरहेको जनस्तरबाट गुनासो आईरहेको बेला जनचाहनालाई वेवास्ता गर्दै संसदको विषयगत समितिले प्रदेशसभामा प्रतिवेदन पेस गरेको हो।
प्रत्येक सांसदलाई स्वकिय सचिव राख्न पाउने गरि प्रतिवेदन प्रदेशसभामा पेस भएको हो।
शुक्रबार दिउँसो १ बजे बसेको प्रदेशसभा बैठकमा अर्थ, उद्योग तथा पर्यटन समितिका जेष्ठ सदस्य अमर बहादुर डाँगीले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सम्बन्धित समितिको प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
प्रदेश सभामा ८७ जना सांसद छन्। प्रतिवेदन अनुसार सांसदहरूले स्वकीय सचिव राख्न पाउने छन् भने स्वकीय सचिवले निजामती कर्मचारी सुब्बा सरहको सुबिधा पाउने डाँगीले जानकारी दिए ।
विधेयकमा मुख्यमन्त्रीका लागि ६० हजार ९ सय ७०, मन्त्रीका लागि ५२ हजार, राज्यमन्त्रीका लागि ४९ हजार र सहायक मन्त्रीका लागि ४७ हजार मासिक सुविधा प्रस्ताव गरिएको छ ।
मुख्यमन्त्रीलाई आवश्यकता अनुसार गाडी र आवास सुविधा दिने तथा मन्त्रीहरुलाई एक-एक वटा गाडी र आवास सुविधा दिइने छ । सभामुखका लागि मासिक सुविधा ५३ हजार र उपसभामुखका लागि ५० हजार र विपक्षी दलको नेतालाई ५० हजार तथा दुबैलाई गाडी र आवासीय सुविधा प्रस्ताव गरिएको छ । त्यसैगरी संसदीय समितिका सभापतिका लागि ४८ हजार, दलका प्रमुख सचेतकलाई ४८ हजार र सदस्यका लागि ४५ हजार प्रस्ताव गरिएको छ ।
शुक्रबारको बैठकमा प्रदेशसभामा सभामुख पूर्णबहादुर घर्तीले संसदीय समितिमा चयन भएका सभापतिहरुको नाम पढेर सुनाएका थिए ।
Comments
अरु समाचार
-
हर्क साम्पाङले मागे प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा
काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह संसदप्रति गैरजिम्मेवार बनेको आरोप...
-
वालेन्द्रको अटेरीमा रास्वपाका दुई शब्दः परिवर्तन र क्रमभंगता, कहिलेसम्म टिक्ला यस्तो चर्तिकला ?
काठमाडौं । अघिल्लो संसद्मा प्रधानमन्त्री उपस्थित नभएको विषयलाई लिएर संसद अवरुद्ध पार्ने प्रमुख दलमध्ये एक थियो राष्ट्रिय स्वतन्त्र पार्टी। तत्कालीन...
-
पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न सरकारले बनायो समिति
काठमाडौं । सरकारले तत्कालीन गृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति...
-
एमाले सचिवालय बैठक शनिबार बस्दै
काठमाडौँ । नेकपा एमाले को सचिवालय बैठक शनिबार बस्ने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली को स्वास्थ्य अवस्थालाई ध्यानमा...
-
जडीबुटी प्रशोधनको आवरणमा ‘प्रकृतिको अवैध दोहन’
काठमाडौं। नेपालको पहाडी र हिमाली भेगका जडीबुटीलाई आर्थिक समृद्धिको आधार मानिन्छ। तर, यही समृद्धिको नारालाई ढाल बनाएर केही विदेशी लगानीकर्ता...
-
संसदमा उठेका प्रश्नको जवाफ वालेन्द्रले नदिने, वाग्लेलाई जिम्मा दिएपछि के गर्लान प्रतिपक्षी दल?
काठमाडौं । सङ्घीय संसद्मा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहँदा आजको बैठकका लागि अर्थमन्त्री डा. स्वर्णिम...
-
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने
काठमाडौं । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने भएको छ ।...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...












