खारेजीको सँघारमा विकास आयोग
काठमाण्डाै १३, साउन । २०६९ सालमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा आयोग गठन भएको थियो । कर्णाली विकासलाई एकै ढोकाबाट अघि बढाउन र नीति बनाउनका लागि स्थापित भएको कर्णाली आयोग खारेजीको सँघारमा पुगेको छ । आयोग स्थापनाको ६ वर्षमा कर्णालीको दिगो विकास र सृमद्धिका लागि दसवर्षे विकास रणनीतिक योजना तयार गरेको थियो । तर, एकपटक पनि विकास परिषद्को बैठक बस्न नसक्दा प्रधानमन्त्री कार्यालयमै १० वर्षे विकास रणनीति योजना अलपत्र अवस्थामा छन् । अस्थिर सरकार र योजनामा मात्रै सीमित नेपालको विकास पद्धतिका कारण १० वर्षे विकास योजना अहिले पनि अलपत्र अवस्थामा रहेको छ ।
कर्णालीको दीर्घकालीन विकाससम्बन्धी नीति तथा योजना बनाउन गठित कर्णाली विकास आयोग खारेज हुने भएको छ । प्रधानमन्त्री कार्यालयले साउनको पहिलो दिनमै भाडामा लिएको जुम्लास्थित कार्यालय खाली गर्न निर्देशन गरेपछि आयोग नरहने निश्चित भएको हो । तर, कर्णालीका जनताले कर्णाली विकास आयोग हुँदा खुसी र नहुँदा दुःखी हुनुपर्ने कुनै कारण नरहेको बताएका छन् ।
कर्णालीको दीर्घकालीन विकासका लागि गठन भएको आयोग दशकौंसम्म पनि कर्णालीका लागि माखोसमेत मार्न सकेन । सधैं आलोचनाको सिकार मात्र बनिरह्यो । पटक–पटक नागरिकको गुनासो खेपेको आयोग संघीय संरचनाअनुसार खारेजी हुने भएपछि पनि कुनै दुःखेसो नभएको स्थानीय डिल्ली बूढाले बताए ।
कर्णाली विकास आयोगका बोर्ड सदस्य कृष्णप्रसाद आचार्यले कर्णाली विकास आयोग लगभग खारेज भइसकेको बताए । आचार्यले भने, “विभिन्न बाधा र अड्चनबीच चाहेर पनि कर्णाली विकास आयोगले काम गर्न नसकेको स्वीकार गर्छौं । कार्यालय खारेजी भए पनि पहिलेकै योजना तथा नीतिअनुसार कर्णाली प्रदेशले विकास–निर्माणका क्रियाकलाप अघि बढाउनेछ ।”
कर्णालीका गरिब जनतालाई सपना देखाउँदै स्थापना भएको आयोग र आयोगले अघि सारेको १० वर्षे योजनाले आखिर कर्णालीको पुराना दुःखकष्टमा मल्हम लगाउन नसकेको नागरिक समाज, जुम्लाका अध्यक्ष राजबहादुर महत बताउँछन् । कर्णाली विकास आयोगप्रति केन्द्रीय सरकारको दृष्टि सकारात्मक नहुनु, कुनै पनि सरकार आउँदा बैठक बस्न नसक्नु, आयोगका पदाधिकारी सक्रिय नुहुनु नै कर्णाली विकास आयोग असफल हुनुका कारण हुन्, जसका कारण कर्णाली विकास आयोगले कर्णालीका जनताको दिनचर्या फेर्न सकेन ।
आयोगले हिल्सा नाका अध्ययन प्रतिवेदन, एकीकृत बस्ती विकास र कर्णालीमा पाइने जडीबुटीसम्बन्धी अध्ययन–प्रतिवेदन तयार गरेको दाबी गरिरहेको छ भने कर्णाली विकासको १० वर्षे योजनामाथि छलफल गर्दा प्रधानमन्त्री परिवर्तन भएपछि योजना पास गराउनै कठिन भएको आयोगका सदस्य श्रीकृष्ण देवकोटाको अनुभव छ । उनले भने, “आयोगले बनाएको विकास योजनालाई आधार मानेर कर्णाली प्रदेशले बजेट व्यवस्था गर्न जरुरी छ ।”
आयोगले जनशक्ति अभाव झेलिरह्यो । जति काम गर्नुपथ्र्यो, हुन सकेन । तीन–तीन वर्षमा पदाधिकारीको कार्यकाल परिवर्तन हुन्थ्यो । तर, कुनै पनि कार्यकालमा आयोगले पूर्णता पाउन सकेन ।
यसको कार्यक्षेत्र सरकारी कार्यालयको कामको अनुगमन गर्ने, कर्णालीमा समीक्षा गोष्ठी, सेमिनार गर्ने र प्रत्येक कार्यालयको प्रत्येक चौमासिकको प्रगति माग्ने र मागेको प्रगति प्रधानमन्त्री कार्यालयमा बुझाउने मात्रै रह्यो । त्योबोहक जनचाहनाअनुसार काम हुने सकेन र जनता सधैं आलोचनाको सिकार मात्रै बने ।
“जुन उद्देश्य र परिकल्पनाले आयोग गठन भएको थियो, सोही मर्मअनुसार गर्न सकेको थिएन । अब संघीयतामा गइसकेपछि कर्णालीको खास मर्मलाई नियालेर काम गर्छौं ।” आयोगका सदस्य श्रीकृष्ण देवकोटाले भने ।
पहिले नै कोरिएको कर्णाली विकासको खाकाअनुसार प्रदेश सरकारले काम अघि बढाउनेछ । एक वर्षमा एकपटक बैठक बस्नुपर्ने आयोगको प्रावधानअनुसार अस्थिर सरकारका कारण ६ वर्षमा एकचोटि बस्न सकेन, जसका कारण लक्ष्यअनुसार काम भएन ।
कर्णाली विकास आयोगले लिएको लक्ष्यअनुसार काम नहुनु र सधैं आलोचनाको सिकार हुनुको पछाडि आयोगको अध्यक्षमा कर्णाली बुझेको मान्छे नहुनु पहिलो कारण भएको देखिन्छ । कर्णाली बुझेको अध्यक्ष नपाउँदा समस्या भएको स्थानीय नवराज शाहीले बताए ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते !
काठमाडाैं । हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा: सिएमसी नेपाल
कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११...












