राजपा संयोजक ठाकुर दिल्ली जाँदै
काठमाडौं १२,साउन । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का संयोजक महन्थ ठाकुर स्वास्थ्य उपचारको लागि आज भारतको राजधानी दिल्ली जान लागेका छन् ।
स्वास्थ्य उपचारका लागि उनी दिल्ली जान लागेको पार्टीले जनाएको छ । चैतको अन्तिम साता दिल्लीस्थित मेदान्त अस्पतालमा भर्ना भइ उपचार गराएर बैशाखको पहिलो हप्ता नेपाल फर्केका उनी डाक्टरको सुझाव अनुसार फ्लोअपका जान लागेको बताइएको छ ।
त्यतिबेला एन्जियोग्राफी गरी उनको छातीमा तीनवटा स्टेन राखिएको थियो ।
केहि वर्ष पहिले संयोजक ठाकुरको मुटुमा समस्या देखिएपछि ‘पेसमेकर’ राखिएको थियो । पेसमेकर राखिएपछि उनले डाक्टरको नियमित सम्पर्कमा रही स्वास्थ्य जाँच गराई राख्नुपर्ने थियो । तर उनले दुई वर्षदेखि नियमित जाँच गराएका थिएनन् । पछि जाँदा स्टोन राख्नु पर्ने अवस्था आएको राजपा नेपालका प्रवक्ता कृष्ण सिंहले जानकारी दिए ।
बैशाखमा दिल्लीमा उपचार गरेर फर्किएका ठाकुरलाई एक महिना पछि फ्लोअपमा आउन डाक्टरहरुले भनेका थिए । तर, दुई महिना ढिलो जान लागेका हुन् ।
दिल्लीमा रहँदा उनले भारतीय नेताहरुलाई भेट्ने कार्यक्रम पनि रहेको पार्टी स्रोतले जनाएको छ ।
पछिल्लो समय सरकार र राजपा नेपालबीच दुरी बढ्न थालेपछि राजपाले विकल्पको खोजी गर्न थालेको छ ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल भ्रमणमा आएको बेला उनले राजपा नेपालका नेताहरुलाई भेटेर प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन गर्न सुझाव दिएकी थिइन् । सोही सुझाव अनुसार राजपा नेपाल लेकेपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनमा सहयोग गरेको थियो ।
तर, सहयोग गर्ने बेला जे सहमति भएको थियो त्यो अनुसार कार्यान्वयन नभएको भन्दै राजपा नेपाल सरकारबाट समर्थन फिर्ता लिने तयारीमा रहेको छ ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












