रुकुम पूर्वको जामाखोला जल विद्युत आयोजनाको विवादको कारण कुर्सी फालाफाल
रुकुम पूर्व १३, साउन । रुकुम पूर्वको सिस्ने गाँउपालिकाको वडा नम्बर-८, मा रहेको जामाखोला लघु जलविद्युत आयोजनामा विवाद उत्पन्न हुँदा जनप्रतिनीधिमाथी कुर्सी प्रहार भएको छ ।
जिल्लामा रहेका लघु जलविद्युत आयोजनालाई व्यवस्थित गर्दै लैजाने भन्दै वडा पालिकाको कार्यालय धपेमा बसेको बैठकमा विवाद उत्पन्न हुँदा कुर्सी हानाहानको अवस्था आएको जनाइएको छ । साविकको स्यालापाखा गाविसमा निर्माण भएको उक्त आयोजनालाई गाउँपालिका मातहत लिने कि नलिने भन्ने विषयमा विवाद बढ्दै गएको छ ।
स्थानिय समितिद्वारा संचालन भएका आयोजनालाई जिल्ला समन्वय समितिको रोहवरमा गठन भएको जिल्ला उर्जा समिति अन्तरगत लैजाने र सरकारीकरण गर्ने विषयमा भैरहेको छलफलमा मदिरा सेवन गरेर आएका केहि मानिसहरुले कुर्सी प्रहार गरेको गाँउपालिका उपाध्यक्ष गोबर्धन बुढा ‘क्षितिज’ ले जनाएका छन् ।
वडा नं-५, का शान्ते बिक, वडा नं-६, का सुदन रेग्मी र उपाध्यक्ष स्वयमलाई कुर्सी प्रहार गरेका एक हुल केटाहरु अराजक शैलीमा आएको बुढाले जनाएका छन् ।
नव भिजन सहकारीद्वारा संचालन गरिएको लवभिजन लघु जलविद्युतले जामाखोला लघु जलविद्युतलाई गाभ्ने सहमति नजिक पुगेका बेला स्थानिय बासिन्दाहरुले अवरोध खडा गर्ने देखिएपछि गाँउपालिकाको स्वामित्वमा दिने प्रायास थालिएको थियो । नव भिजन सहकारीद्वारा संचालन उक्त आयोजना घाटामा रहेकाले आयोजनाको भविष्य नै अन्याेलमा पर्ने भएकाले तत्कालै हस्तान्त्रन गर्न नसकिएको समेत बुढाले जानकारी दिएका छन् ।
आयोजनाको भविष्यलाई सुनुश्चित गर्ने क्रममा सरकारलाई स्वामित्व हस्तान्त्रण गरेर दिने कुरामा आम मानिस खुशि रहेपनि केहि मानिसहरु आफ्नो निहित स्वार्थका लागि लागि परेको उनले जनाए । त्यस्तै, देश संघियतामा गइसकेको र जिल्ला बिभाजनले समेत केहि समस्या उत्पन्न गरेको हो ।
आयोजना निर्माण गर्दा संयुक्त वडा थियो भने, वडाका सम्पूर्ण बासीन्दाले श्रमदान गरेर आयोजना निर्माण गरिएकाले समेत उनीहरुमा स्वभाविक चिन्ता परेको जनाइएको छ ।
Comments
अरु समाचार
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...
-
अन्तिम कारोबार दिन पनि बढेर रोकियो नेप्से, २७ अंकले बढ्दा तीन अर्ब २८ करोडको शेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन छ दशमलव ९४ अंकले...
-
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
भरतपुर । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज...
-
भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा गरे प्रदर्शन
बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष...
-
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार, बुधबार...
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...












