चुस्त ब्यवस्थापनले हाथवे फाइनान्स यसरी आयो खुद नाफामा वृद्धि
काठमाडाैँ १४, साउन । तत्कालिन अरुण फाईनान्सको व्यवस्थापन सम्हाल्न नयाँ ब्यबस्थापनका आएको हाथवे समूहले फाइनान्सलार्इ सुधार्न धेरै प्रयास गरेपनि आम जनमानसमा सकारात्मक परिणाम आउन सकेको थिएन।
तर, गत आवको चौथो त्रैमासमा भने फाइनान्सले देखिने गरि प्रगति गरेकाे छ। खराब कर्जा असुलीमा ध्यान केन्द्रित गरेको फाइनान्सले यसबाट नै हाथवे फाइनान्स (HATH) लाई पाँच करोड ६६ लाख रुपैयाँ खुद नाफा निकाल्न सफल भएको छ ।
हाथवे फाईनान्सले सोमबार प्रकाशित गरेको आर्थिक बर्ष २०७४७५ को चौथो त्रैमासिक वित्तीय विवरणमा फाइनान्सले धेरै सूचांकमा छलाङ्ग मारेको छ ।
अघिल्लो बर्ष ७० प्रतिशत रहेको फाइनान्सको खराब कर्जा अनुपात ४.३७ प्रतिशतमा कायम भएको छ । जुन राष्ट्र बैंकले तोकेको मापदण्ड भित्र हो । त्यसैगरि तीन करोड ६३ लाखको निक्षेप संकलन बढाएर ३० करोड ५० लाख रुपैयाँ पुरयाएको छ भने एक करोड ९४ लाखको लगानी बढाएर २८ करोड २९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यसबाट फाइनान्सले ४ करोड ४१ लाख ब्याज आम्दानी गरेको छ । अघिल्लो बर्ष फाइनान्सले ५३ लाख मात्र ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा फाइनान्सले ३ करोड ३८ लाख खुद ब्याज आम्दानी गरेको छ ।
फाइनान्सको अन्य सञ्चालन खर्च र कर्मचारी खर्चमा उल्लेख्य बढोत्तरी भएको छ । अघिल्लो बर्ष ५७ लाख रहेको अन्य सञ्चालन खर्च ६ करोड ३३ लाखमा पुगेको छ भने ३६ लाख रहेको कर्मचारी खर्च एक करोड पाँच लाखमा बढोत्तरी भएको छ । समस्याग्रस्त रहँदा भन्दा कर्मचारी र खर्च नभएकाले थोरै रहने र नियमित सञ्चालनमा खर्च बढ्नुलाई स्वभाविक मान्न सकिएपनि यसमा कटौती गर्न भने आवश्यक देखिन्छ ।
एक करोड ८१ लाख सञ्चालन घाटामा रहेको कम्पनीले आठ करोड चार लाख रुपैयाँ भाका नाघेको कर्जा असुली गर्दा फाइनान्सको खुद नाफा २८७ प्रतिशतले बढाएको हो । अघिल्लो बर्षका असार मसान्तसम्म फाइनान्सले जम्मा एक करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
फाइनान्सले १३ करोड ९२ लाख ऋणात्मक रहेको जगेडा कोष पाँच करोडले सुधार गरेर ७ करोड ९२ लाखमा झारेको छ । यद्यपि आगामी बर्ष पनि शेयरधनीले लाभांश बाँड्न भने सम्भव हुने देखिन्न ।
राष्ट्र बैंकबाट २०७३ माघमा समस्याग्रस्त संस्थाबाट फुकुवा भएको अरुण फाईनान्सको बहुमत स्वामित्व हाथवेले किनेपश्चात संस्थाको पुरानो छबी सुधार्नका फाइनान्सको नाम परिवर्तन गरेर आफ्नै ब्राण्डमा सञ्चालनमा ल्याएको थियो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












