चुस्त ब्यवस्थापनले हाथवे फाइनान्स यसरी आयो खुद नाफामा वृद्धि
काठमाडाैँ १४, साउन । तत्कालिन अरुण फाईनान्सको व्यवस्थापन सम्हाल्न नयाँ ब्यबस्थापनका आएको हाथवे समूहले फाइनान्सलार्इ सुधार्न धेरै प्रयास गरेपनि आम जनमानसमा सकारात्मक परिणाम आउन सकेको थिएन।
तर, गत आवको चौथो त्रैमासमा भने फाइनान्सले देखिने गरि प्रगति गरेकाे छ। खराब कर्जा असुलीमा ध्यान केन्द्रित गरेको फाइनान्सले यसबाट नै हाथवे फाइनान्स (HATH) लाई पाँच करोड ६६ लाख रुपैयाँ खुद नाफा निकाल्न सफल भएको छ ।
हाथवे फाईनान्सले सोमबार प्रकाशित गरेको आर्थिक बर्ष २०७४७५ को चौथो त्रैमासिक वित्तीय विवरणमा फाइनान्सले धेरै सूचांकमा छलाङ्ग मारेको छ ।
अघिल्लो बर्ष ७० प्रतिशत रहेको फाइनान्सको खराब कर्जा अनुपात ४.३७ प्रतिशतमा कायम भएको छ । जुन राष्ट्र बैंकले तोकेको मापदण्ड भित्र हो । त्यसैगरि तीन करोड ६३ लाखको निक्षेप संकलन बढाएर ३० करोड ५० लाख रुपैयाँ पुरयाएको छ भने एक करोड ९४ लाखको लगानी बढाएर २८ करोड २९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यसबाट फाइनान्सले ४ करोड ४१ लाख ब्याज आम्दानी गरेको छ । अघिल्लो बर्ष फाइनान्सले ५३ लाख मात्र ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा फाइनान्सले ३ करोड ३८ लाख खुद ब्याज आम्दानी गरेको छ ।
फाइनान्सको अन्य सञ्चालन खर्च र कर्मचारी खर्चमा उल्लेख्य बढोत्तरी भएको छ । अघिल्लो बर्ष ५७ लाख रहेको अन्य सञ्चालन खर्च ६ करोड ३३ लाखमा पुगेको छ भने ३६ लाख रहेको कर्मचारी खर्च एक करोड पाँच लाखमा बढोत्तरी भएको छ । समस्याग्रस्त रहँदा भन्दा कर्मचारी र खर्च नभएकाले थोरै रहने र नियमित सञ्चालनमा खर्च बढ्नुलाई स्वभाविक मान्न सकिएपनि यसमा कटौती गर्न भने आवश्यक देखिन्छ ।
एक करोड ८१ लाख सञ्चालन घाटामा रहेको कम्पनीले आठ करोड चार लाख रुपैयाँ भाका नाघेको कर्जा असुली गर्दा फाइनान्सको खुद नाफा २८७ प्रतिशतले बढाएको हो । अघिल्लो बर्षका असार मसान्तसम्म फाइनान्सले जम्मा एक करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
फाइनान्सले १३ करोड ९२ लाख ऋणात्मक रहेको जगेडा कोष पाँच करोडले सुधार गरेर ७ करोड ९२ लाखमा झारेको छ । यद्यपि आगामी बर्ष पनि शेयरधनीले लाभांश बाँड्न भने सम्भव हुने देखिन्न ।
राष्ट्र बैंकबाट २०७३ माघमा समस्याग्रस्त संस्थाबाट फुकुवा भएको अरुण फाईनान्सको बहुमत स्वामित्व हाथवेले किनेपश्चात संस्थाको पुरानो छबी सुधार्नका फाइनान्सको नाम परिवर्तन गरेर आफ्नै ब्राण्डमा सञ्चालनमा ल्याएको थियो ।
Comments
अरु समाचार
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...
-
अन्तिम कारोबार दिन पनि बढेर रोकियो नेप्से, २७ अंकले बढ्दा तीन अर्ब २८ करोडको शेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन छ दशमलव ९४ अंकले...
-
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
भरतपुर । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज...
-
भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा गरे प्रदर्शन
बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष...
-
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार, बुधबार...
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...












