राजविराज नगरपालिकाको बजेट रु ७४ करोड
राजविराज १५, साउन । राजविराज नगरपालिकाले चालू आर्थिक वर्षका लागि कूल रू ७४ करोड नौ हजार ४२ को बजेट विनियोजन गरेको छ ।
नगरपालिकाले चालूतर्फ रू ४२ करोड दुई लाख ५० हजार र पूँजीगततर्फ रू ३१ करोड ९७ लाख ५९ हजार ४४२ बजेट नगरसभाले स्वीकृत गरेको नगरप्रमख प्रमुख शम्भुप्रसाद यादवले बताए ।
गत आवको कूल बजेट रू ६१ करोड ७२ लाख ११ हजार ६९ मध्ये चालूतर्फ रू २१ करोड ४१ लाख ५५ हजार र पूँजीगततर्फ रू १४ करोड ८० लाख ६६ हजार ३८५ खर्च भएको थियो ।
सामाजिक सुरक्षातर्फ रू सात करोड ४३ लाख ८८ हजार, उपदानतर्फ रू एक करोड ३९ लाख ९० हजार ९९६ खर्च भएको थियो भने खर्च हुन नसकेको रू १३ करोड ८४ लाख २५ हजार ८९६ चालू आवमा खर्च गर्ने गरी सारिएको नगर नगरप्रमुख यादवले जानकारी दिए ।
उनले चालू आवमा नागरिकता सिफारिस दस्तुर पूरै मिनाहा गरिएको र सवारीसाधन कर छुट गरिएको पनि बताए ।
जसअनुसार टाँगा, रिक्सा, अटोरिक्सा तथा इ–रिक्साबाहेक अन्य सवारीसाधनमा पूर्णरुपले कर छुट भएको छ भने मदिरा व्यवसाय, स–मिल, इँटा उद्योग, सुर्तीजन्य उद्योग व्यवसायमा करको साविक दरमा ५० प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी अन्य व्यवसायको साविक दरमा २५ प्रतिशत, बिटौरी दस्तुरमा ५० प्रतिशत, कवाडी व्यवसायमा वार्षिक रु दुई हजार ५००, बहाल कर १० प्रतिशतले वृद्धि गरेको नगरपालिकाले जनाएको छ ।
Comments
अरु समाचार
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...
-
अन्तिम कारोबार दिन पनि बढेर रोकियो नेप्से, २७ अंकले बढ्दा तीन अर्ब २८ करोडको शेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन छ दशमलव ९४ अंकले...
-
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
भरतपुर । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज...
-
भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा गरे प्रदर्शन
बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष...
-
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार, बुधबार...
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...












