फोटो पत्रकारद्वारा आयोजित फोटो प्रतियोगिता शुरु
काठमाडाैं १७ साउन । फोटो पत्रकार क्लब (पिजे क्लब) द्वारा आयोजित ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्बीर प्रदर्शनीमा राखिएको छ । नेपाल आर्ट काउन्सिल, बबरमहलमा बुधबारदेखि शुरु भएको फोटो प्रर्दशनी २१ गतेसम्म चल्नेछ ।
फोटो प्रदर्शनीमा कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ, आइएमएस डेली लाइफ, अर्घाखाँची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स, नेपाल स्माइल, डिसहोम, एक्सन स्पोर्टस र नेप्टोस फोटो स्टोरी गरी सात विधाका उत्कृष्ट १६० फोटो प्रदर्शनीमा राखिएको क्लबका अध्यक्ष विकास कार्कीले जानकारी दिए।
प्रदर्शनी शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल पार्न फोटो पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए ।
बैंकका अध्यक्ष चन्द्र ढकालले नेपालमा पर्यटकीय गन्तव्य धेरै भएकाले फोटो पत्रकारले फोटोमार्फत् त्यस्ता पर्यटकीय क्षेत्र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
त्यसअवसरमा फोटो अफ दि इयर बिजेता नरेन्द्र श्रेष्ठले प्राप्त गर्नुभएको रु एक लाख पुरस्कारमा रू ७० हजार फुदन सदाका परिवारलाई र बाँकी ३० हजार केही समयअघि निधन भएका पत्रकार यादव थपलीयाको परिवारलाई हस्तान्तरण गरे ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












