बालुवाटारमै चल्छन् नेकपा बैठक,धुम्बाराही र पेरिसडाँडा सुनशान
काठमाडौं १७, साउन । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको मुख्य कार्यालय धुम्बाराही र पेरिसडाँडामा रहेका पार्टी कार्यालय सिंगारिएका छन् । नेताहरुका लागि चिटिक्कका कार्यालय, बैठक हल सबै सुविधा छ । दुई पार्टीबीच जेठ ३ गते एकता भएपछि यी कार्यालय पहिलेभन्दा थप सिंगारिएको छ । तर पनि शीर्ष नेता कार्यालय नै पुग्दै पुग्दैनन् ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रत्येक महिनाको १ गते धुम्वाराही र १५ गते पेरिसडाँडामा कार्यकर्ता भेट गर्ने कार्यसूची बनाए । दाहालले पनि कार्यकर्ता भेटघाट अब कार्यालयबाटै गर्ने भनेर सार्वजनिक सूचना नै जारी गरे ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली साउन १ गते धुम्बाराही पुगेर उनले कार्यकर्ता भेट गरे । निर्देशन पनि दिए । उनले नेकपा नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार प्रसार तीव्र पार्न कार्यकर्तालाई निर्देशन पनि दिए । तर १५ गते पेरिसडाँडा जानै भ्याएनन् अर्थात गएनन् ।
नेताहरु विष्णु रिमाल, कृष्ण गोपाल श्रेष्ठ, श्रीराम ढकाल र प्रल्हाद बुढाथोकीको पहलमा दुवै ठाउँका कार्यालय तयार पारिएको छ । अध्यक्षद्वय, महासचिव र प्रवक्ताका लागि दुवै कार्यालयमा छुट्टा–छुट्टै कार्यकक्ष निर्माण गरिएको छ ।
धुम्बाराहीमा पार्टी अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठका लागि छुट्टै कोठा र कुर्सीहरु थपिए । त्यस्तैगरी सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, इश्वर पोखरेल र रामबहादुर थापाको लागि छुट्टा–छुट्टै कार्यकक्ष बनाइयो ।
त्यतैगरी पेरिसडाँडामा पनि अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलका लागि छुट्टै कार्यकक्ष तयार पारियो ।

कार्यालय प्रमुख प्रल्हाद बुढाथोकीका अुनहार अहिलेलाई दुवै कार्यालयलाई मुख्य कार्यालय बनाइएको छ । पेरिसडाँडाबाट विभागीय र धुम्बाराहीबाट सचिवालयको काम भइरहेको छ । तर शीर्ष नेता कार्यालय पुग्दै पुग्दैनन् । अध्यक्ष ओलीले पार्टीका हरेक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाउने गरेका छन् । केन्द्रीय समितिको बैठकदेखि संसदीय दलको बैठकसम्म सरकारी निवास बालुवाटारमै बोलाइन्छ । अर्का अध्यक्ष दाहालले पनि हरेक भेटवार्ता निवासमै गर्छन् ।
यसअघि महत्वपूर्ण भेटवार्ता घरमा नगरेर कार्यालयमा गरिने भन्दै प्रचार गरिएको भए पनि उनी कार्यालय कमैमात्र जान्छन् ।
अहिले नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई तत्कालीन माओवादी केन्द्रका वरिष्ठ नेता हुन् । पेरिसडाँडामा पार्टी अध्यक्ष दाहालको नजिकै भट्टराईको कार्यकक्ष थियो । पार्टी परित्याग गरेपछि वरियताको आधारमा भट्टराईको कार्यकक्षमा वर्तमान सरकारमा सहभागी गृहमन्त्री रामबहादुर थापा बसे । त्यही कार्यकक्ष अहिले अध्यक्ष ओलीको लागि तयार पारिएको छ ।
पार्टी एकतापछि दुवै नेता खासै कार्यालय पुगेका छैनन् । “कार्यालयको काम भर्खरै सकिएको छ । धुम्बाराही कार्यालय सहयोगी देवचन्द्र पासवानले भने, “अब दुवै अध्यक्ष कार्यालय आउछन होला । अरु नेताहरु नाराणकाजी श्रेष्ठ, देवेन्द्र पौडेललगायतका नेताहरु भने आइरहेका छन । उनिहरुको भेटघाट पनि निवासबाट नै हुन्थ्यो अब हुँदैन ।”
पेरिस डाँडाका कार्यालय प्रमुख बुढाथोकीले पनि अब दुवै अध्यक्षको भेटघाटलयातको काम कार्यालयबाट हुने विश्वास व्यक्त गरे । नेकपाका अध्यक्षद्वय ओली र दाहालले महिनाको पन्ध्र–पन्ध्र दिनमा कार्यकर्तालाई भेट्ने कार्यक्रम तय गरेका छन् ।
प्रधानमन्त्री ओलीले बालुवाटार र प्रचण्डले आफ्नो निवास खुमलटारबाटै भेटघाट गर्दै आएका छन् ।
केपी शर्मा ओली र पुष्पकमल दाहालले व्यस्तताको कारण कार्यालय जान नभ्याएको उनीहरुको सचिवालयले बताएको छ । “महिनामा दुई चोटी कार्यालय गएर कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम हो । तर, प्रधानमन्त्रीज्यूको व्यस्तताको कारण कार्यालय जान भ्याएको छैन,” प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले भने ।
दाहालका प्रेस संयोजक विष्णु सापकोटाले पनि व्यस्तताको कारण कार्यालय जान नपाएको बताए ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












