ट्राफिक लाइट बनाउन ‘डीपीआर’तयार
काठमाडाैं १८,साउन । उपत्यकाका विभिन्न १४ स्थानमा जडान गरिने ट्राफिक लाइटको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) सडक विभागले तयार गरेको छ । काठमाडौंका सबै ट्राफिक लाइट बिग्रिएको ५ वर्षपछि विभागले डीपीआर तयार गरेको हो ।
उपत्यकाका विभिन्न ३५ स्थानमा ट्राफिक लाइट रहे पनि हाल भक्तपुरका १० स्थानका ट्राफिक लाइटमात्र चालु अवस्थामा छन् ।
गत चैतमा सडक विभागले करिब रु. २० लाखमा नयाँ बानेश्वर र महाराजगञ्जमा नेपाली इन्जिनियरहरुले निर्माण गरेको ट्राफिक लाइट जडान गरेको थियो । उक्त दुई स्थानका लाइटको गुणस्तर र कार्यशक्ति अध्ययन गरेर थप १४ स्थानमा ट्राफिक लाइटको डीपीआर तयार गरिएको विभागका उपमहानिर्देशक तथा प्रवक्ता मुक्ति गौतमले बताए ।
नेपाली इन्जिनियरले काठमाडौंमै निर्माण गर्ने उक्त ट्राफिक लाइटको जडानका लागि कुल खर्च एक स्थान बराबर ६ देखि १२ लाख रुपैयाँसम्म लाग्ने विभागको अनुमान छ ।
“सो रकम बराबरको बोलपत्र आह्वान आउँदो बुधबार खोलिने छ,” प्रवक्ता गौतमले भने, “बानेश्वर र महाराजगञ्जमा जडान भएको लाइट निर्माणकर्ता नै हालसम्म विश्वासिलो र ती लाइट गुणस्तरीय देखिएकाले सोही नेपाली कम्पनीले यस पटकको पनि ठेक्का पाउने सम्भावना रहेको छ ।”
विभागले भएका लाइटको मर्मत नगरी सोही स्थानमा नयाँ प्रविधिको लाइट जडान गर्न लागेको हो । सन् २००० मा जापान सरकारको सहयोगमा जडान भएका लाइट बल्ने समय मिलाउने प्रक्रिया कठिन रहेको र अब जडान गरिने लाइट अटोमेटिक सिग्निफिकेसन सिस्टमको रहने र रिमोटबाट लाइट बल्ने समय निर्धारण सर्न सहजै सकिने प्रवक्ता गौतमले बताए ।
ट्राफिक लाइट नहुँदा र भएका स्थानमा पनि बिग्रिएर चालु अवस्थामा नरहेका कारण ट्राफिक प्रहरीले कष्टकर रुपमा सडकको आवागमन व्यवस्थित गर्दै आएका छन् । हाल उपत्यकामा १ हजार २ सय ट्राफिक प्रहरी परिचालन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी बसन्त पन्तले जानकारी दिए ।
“लाइट नहुँदा प्रहरीहरु मेनुअल तरिकाले ट्राफिक व्यवस्थापन गर्न बाध्य छन्,” पन्तले भने, “बिहान ९ देखि ११ र बेलुका ३ देखि ५ बजेसम्म काठमाडौंका सबै चोकमा ट्राफिक चाप बढ्ने गरे पनि प्रहरीहरु ‘गो’ र ‘स्टप’ लेखिएका बोर्डका भरमा ट्राफिक व्यवस्थापन गर्न बाध्य छन् ।”
ट्राफिक लाइट बनेपछि हालको अव्यवस्थित ट्राफिक व्यवस्थापन चुस्त र छरितो हुने विभागका प्रवक्ता गौतमको भनाइ छ । अटोमेटिक सिग्निफिकेसन र रिमोट सिस्टमको लाइट जडान गरिने गौतमले बताए । “जडान गरिने ट्राफिक लाइट नेपाली इन्जिनियरद्वारा नेपालमै उत्पादन गर्ने र विदेशबाट ल्याइनेभन्दा रकमका हिसाबले सस्तो पर्नेछ,” गौतमले भने ।
लाइट नभएकैले हाल एउटै चोकमा ७ जनासम्म ट्राफिक प्रहरी खट्नु परेको एसएसपी पन्तले बताए । काठमाडौं महानगरपालिका ८ मिटर चौडाइका सडकमात्र आफ्नो अधिकार भित्रपर्ने भएकाले मुल सडकका ट्राफिक लाइटको जिम्मा विभाग र ट्राफिक प्रहरीको रहेको बताउँछ ।
“८ मिटरसम्मका सडकमा ट्राफिक लाइटको जिम्मा मात्र हाम्रो हो,” महानगरपालिकाका सहरी पूर्वाधार विभागका प्रमुख रामबहादुर थापाले भने, “उक्त क्षेत्रफलभन्दा ठूला मुल सडकमा ट्राफिक लाइट जडान गर्नका लागि बजेट र योजना हामीसँग छैन ।”
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












