ट्राफिक लाइट बनाउन ‘डीपीआर’तयार
काठमाडाैं १८,साउन । उपत्यकाका विभिन्न १४ स्थानमा जडान गरिने ट्राफिक लाइटको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) सडक विभागले तयार गरेको छ । काठमाडौंका सबै ट्राफिक लाइट बिग्रिएको ५ वर्षपछि विभागले डीपीआर तयार गरेको हो ।
उपत्यकाका विभिन्न ३५ स्थानमा ट्राफिक लाइट रहे पनि हाल भक्तपुरका १० स्थानका ट्राफिक लाइटमात्र चालु अवस्थामा छन् ।
गत चैतमा सडक विभागले करिब रु. २० लाखमा नयाँ बानेश्वर र महाराजगञ्जमा नेपाली इन्जिनियरहरुले निर्माण गरेको ट्राफिक लाइट जडान गरेको थियो । उक्त दुई स्थानका लाइटको गुणस्तर र कार्यशक्ति अध्ययन गरेर थप १४ स्थानमा ट्राफिक लाइटको डीपीआर तयार गरिएको विभागका उपमहानिर्देशक तथा प्रवक्ता मुक्ति गौतमले बताए ।
नेपाली इन्जिनियरले काठमाडौंमै निर्माण गर्ने उक्त ट्राफिक लाइटको जडानका लागि कुल खर्च एक स्थान बराबर ६ देखि १२ लाख रुपैयाँसम्म लाग्ने विभागको अनुमान छ ।
“सो रकम बराबरको बोलपत्र आह्वान आउँदो बुधबार खोलिने छ,” प्रवक्ता गौतमले भने, “बानेश्वर र महाराजगञ्जमा जडान भएको लाइट निर्माणकर्ता नै हालसम्म विश्वासिलो र ती लाइट गुणस्तरीय देखिएकाले सोही नेपाली कम्पनीले यस पटकको पनि ठेक्का पाउने सम्भावना रहेको छ ।”
विभागले भएका लाइटको मर्मत नगरी सोही स्थानमा नयाँ प्रविधिको लाइट जडान गर्न लागेको हो । सन् २००० मा जापान सरकारको सहयोगमा जडान भएका लाइट बल्ने समय मिलाउने प्रक्रिया कठिन रहेको र अब जडान गरिने लाइट अटोमेटिक सिग्निफिकेसन सिस्टमको रहने र रिमोटबाट लाइट बल्ने समय निर्धारण सर्न सहजै सकिने प्रवक्ता गौतमले बताए ।
ट्राफिक लाइट नहुँदा र भएका स्थानमा पनि बिग्रिएर चालु अवस्थामा नरहेका कारण ट्राफिक प्रहरीले कष्टकर रुपमा सडकको आवागमन व्यवस्थित गर्दै आएका छन् । हाल उपत्यकामा १ हजार २ सय ट्राफिक प्रहरी परिचालन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी बसन्त पन्तले जानकारी दिए ।
“लाइट नहुँदा प्रहरीहरु मेनुअल तरिकाले ट्राफिक व्यवस्थापन गर्न बाध्य छन्,” पन्तले भने, “बिहान ९ देखि ११ र बेलुका ३ देखि ५ बजेसम्म काठमाडौंका सबै चोकमा ट्राफिक चाप बढ्ने गरे पनि प्रहरीहरु ‘गो’ र ‘स्टप’ लेखिएका बोर्डका भरमा ट्राफिक व्यवस्थापन गर्न बाध्य छन् ।”
ट्राफिक लाइट बनेपछि हालको अव्यवस्थित ट्राफिक व्यवस्थापन चुस्त र छरितो हुने विभागका प्रवक्ता गौतमको भनाइ छ । अटोमेटिक सिग्निफिकेसन र रिमोट सिस्टमको लाइट जडान गरिने गौतमले बताए । “जडान गरिने ट्राफिक लाइट नेपाली इन्जिनियरद्वारा नेपालमै उत्पादन गर्ने र विदेशबाट ल्याइनेभन्दा रकमका हिसाबले सस्तो पर्नेछ,” गौतमले भने ।
लाइट नभएकैले हाल एउटै चोकमा ७ जनासम्म ट्राफिक प्रहरी खट्नु परेको एसएसपी पन्तले बताए । काठमाडौं महानगरपालिका ८ मिटर चौडाइका सडकमात्र आफ्नो अधिकार भित्रपर्ने भएकाले मुल सडकका ट्राफिक लाइटको जिम्मा विभाग र ट्राफिक प्रहरीको रहेको बताउँछ ।
“८ मिटरसम्मका सडकमा ट्राफिक लाइटको जिम्मा मात्र हाम्रो हो,” महानगरपालिकाका सहरी पूर्वाधार विभागका प्रमुख रामबहादुर थापाले भने, “उक्त क्षेत्रफलभन्दा ठूला मुल सडकमा ट्राफिक लाइट जडान गर्नका लागि बजेट र योजना हामीसँग छैन ।”
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












