कांग्रेसले निकाल्यो नयाँ बखडा सभामुखको भूमिकाप्रति असन्तुष्ट
काठमाडाैं १८,साउन । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति असन्तुष्टि जनाएको छ ।
शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकले सबै दलको साझा बन्न नसकेको निष्कर्ष निकाल्दै सभामुख महराको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेको हो । मन्त्रीहरुले बोलेपछि प्रश्नोत्तर गर्न पाईने व्यवस्था हुँदाहुँदै सभामुख महराले बिहिबारको प्रतिनिधि सभा बैठकमा आफूहरुलाई बोल्न नदिएको काँग्रेसको आरोप छ ।
यस सम्बन्धमा सभामुख महरालाई भेटेरै ध्यानाकर्षण गराउने निर्णय पनि गरिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । बिहिबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रामबहादुर थापाले बोलेपछि काँग्रेस सांसदहरुले मन्त्रीसँग प्रश्न गर्न माग गरेका थिए । तर सभामुख महराले मन्त्रीसँग प्रश्नोत्तर गर्ने छुट्टै व्यवस्था रहेको भन्दै बैठकलाई अघि बढाएपछि काँग्रेसले सो बैठक बहिष्कार गरेको थियो ।
सभामुखको सो भूमिकाप्रति काँग्रेसको असन्तुष्टि छ । प्रमुख सचेतक खाँडले संघीय संसद नियमावलीको धारा २ सय १९ बमोजिम मन्त्रीसँग प्रश्न गर्ने व्यवस्था भएपनि सभामुखले नदिएको आरोप लगाए । बैठकमा काँग्रेसले विभिन्न विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव र संकल्प प्रस्तावका विषयमा पनि छलफल गरेको थियो ।
काङ्ग्रेस संसदीय दलको बैठकले मौलिक हकसम्बन्धि कानुन निर्माणका लागि आवश्यक विधेयक तत्काल ल्याउन पनि सरकारसँग माग गरेको छ । जनताको पक्षमा ऐन बनाउने गरी संविधान बमोजिमको मौलिक हक सम्बन्धि कानुन निर्माणका लागि आवश्यक विधेयक तत्काल संसदमा ल्याउन पनि सरकारसँग माग गरिएको प्रमुख सचेतक खाँडले जानकारी दिए । संविधान बमोजिम आगामी असोज ३ गतेभित्र मौलिक हकसम्बन्धि सबै कानुन निर्माण गरि सक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
काँग्रेसले पार्टीको संसदीय दललाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गर्न भोली शनिबार पनि संसदीय दलको बैठक बोलाएको छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











