प्रदेश ५ को संसदमा प्रधानमन्त्री ओलीको राजीनामा माग
काठमाडाैं २० , साउन । प्रदेश ५ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।
आइतबार बसेको प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्दै कांग्रेस सांसदहरु भुवनेश्वर चौधरी र पुष्पा थरुनीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका हुन् ।
प्रधानमन्त्री नेतृत्वको संबैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको व्यक्ति प्रधान न्यायाधीशमा अयोग्य भएपछि अयोग्य व्यक्तिलाई प्रधानन्यायाधीसमा सिफारिस गर्ने प्रधानमन्त्रीमाथि पनि नैतिक प्रश्न उठ्ने भन्दै उनीहरुले नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।
दुई तिहाईको दम्भकै कारण संबैधानिक परिषदबाट प्रधान न्यायाधिसमा सिफारिस भएका कामु प्रधान न्यायाधिस दिपकराज जोशीको नाम अनुमोदन नगरिएको बताउँदै कांग्रेस सांसदहरुले प्रधान न्यायाधीश प्रकरणले सरकार अधिनायकवाद तर्फ अगाडि बढेको संकेत गरेको आरोप लगाए ।
संसदको बिशेष समयमा बोल्दै कांग्रेस सांसद भुवनेश्वर चौधरीले प्रधानमन्त्रीको राजीनामा माग गर्नुका साथै मुक्त कमैयाहरुको घर निर्माणका लागि काठ किन्न सरकारले एक वर्ष अगाडि उपलब्ध गराएको एक करोड ७० लाख रुपयाँ हालसम्म पनि जिल्ला वन कार्यालयको खातामा रहेको र मुक्त कमैयाहरुले घर बनाउन काठ नपाएको भन्दै उक्त रकमको व्याजसहित मुक्त कमैयालाई उपलब्ध गराउन माग गरे ।
उनले बर्दियाको सुकुम्बासी समस्या तत्काल समाधान गर्न पनि उनले प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
कांग्रेस सांसद पुष्पा थरुनीले पनि प्रधानमन्त्रीको राजीनामा माग गर्नुका साथै रुपन्देहीको मोतिपूरस्थित औद्योगिक करिडोरले स्थानीय जनता र जनप्रतिनिधिहरुबीच भएको सहमति बिपरित करिडोर निर्माण गर्न लागेको भन्दै लामो समय अगाडिदेखि त्यस क्षेत्रमा बस्दै आएको बस्ती नउठाउन माग गरिन् ।
उनले वर्षादका कारण रुपन्देहीकै सियारी गाउँपालिका-७ खनरीस्थित देवनारायण थारुको घर भत्किएको जानकारी गराउदै पीडित थारुलाई राहात तथा क्षतिपूर्ति उपलब्ध गराउनसमेत माग गरिन् ।
Comments
अरु समाचार
-
जापानका लागि प्रस्तावित राजदूत थापाको जापानको स्थायी बसोबास अनुमतिबारे प्रश्न
काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिग्यान कुमार थापा जापानको स्थायी बसोबास अनुमति (पीआर) लिएका व्यक्ति रहेको तथ्य सार्वजनिक...
-
सुशासन, नागरिकमैत्री सेवा प्रवाह, विकास निर्माण लगायतमा जोड दिन मुख्य सचिव कार्कीको निर्देशन
भोजपुर । मुख्य सचिव गोविन्द्रबहादुर कार्कीले सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीलाई सुशासन कायम हुनेगरी काम गर्न निर्देशन दिएका छन्। उनले...
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...












