वार्षिक कार्ययोजना प्रभावकारी कार्यान्वयनका लागि मन्त्रीको निर्देशन
काठमाडाैं २१,साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्षिक नीति, कार्यक्रम र बजेटलाई तोकिएको समयमा प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालय र मातहतका निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।
आर्थिक वर्ष २०७५/७६ मा मन्त्रालयबाट सञ्चालन गरिने कार्यक्रम कार्यान्वयनको एकीकृत कार्ययोजनाको आज सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले नीतिमा टेकेर अपेक्षित नतिजा निकाली समृद्ध नेपालको सपना साकार पार्न सबैले गतिशीलता अपनाउन आवश्यक रहेकामा जोड दिए ।
मन्त्रालयले डिजिटल नेपाल निर्माण, सार्वजनिक प्रसारण सेवा गठन, हुलाक सेवाको आधुनिकीकरण, सुरक्षित मुद्रणालय स्थापना, नेपाल टेलिकमको गुणस्तर सुधार, कानूनी र नीतिगत विषयमा सरलीकरणसहित विगतभन्दा फरक शैलीमा एकीकृत कार्ययोजना सार्वजनिक गरेको छ ।
‘तोकिएको समयमा तोकिएको लक्ष्यअनुसार काम सम्पन्न गरेर बजेट खर्च गर्न र आर्थिक वृद्धिमा लाग्न आवश्यक छ’, मन्त्री बाँस्कोटाले भने, ‘चैत महिनमा काम गरेर बजेट पुगेन भन्ने प्रथा अन्त्य गर्नुपर्छ । हामी हरेक तीन महिनामा प्रगति विवरण लिन्छौ र त्यसमाथि प्राविधिक अनुगमन पनि गर्छौँ ।’
कमिशन वा नातागोताका आधारमा सामान खरीद वा कामको जिम्मेवारी दिएको पाइएमा सम्बन्धि व्यक्ति वा निकायलाई कारवाही गरिने स्पष्ट गर्दै उन ले हरेक निर्णय विचार गरेर मात्र गर्न निर्देशन दिए । उनले चलचित्रसँग सम्बन्धित बक्स अफिस प्रणालीलाई काठमाडौँ उपत्यका बाहिर पनि लगिने जानकारी दिए ।
आमसञ्चार नीति प्राथमिकतामा
मन्त्रालयको कार्ययोजना पुस्तिकामा नेपालको संविधानानुसार सञ्चार तथा सूचना समृद्ध नीति र कानूनहरुको पुनरवलोकन, संघीयतानुसार सञ्चार क्षेत्रको पुनःसंरचना, राष्ट्रिय आमसञ्चार नीतिको कार्यान्वयन, प्रसारण संस्थाको नियमन, प्रसारण संस्थाको डिजिटलाइजेशनका विषय समावेश छन् ।
कार्ययोजनामा देशव्यापी रुपमा रेडियो, टेलिभिजन, टेलिफोन र इण्टरनेट सेवाको पहुँच विस्तार, दूरसञ्चार सेवाका लागि ब्रोडब्याण्ड पूर्वाधार विस्तार, प्रादेशिक रुपमा प्रकाशन र प्रसारण, भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनः निर्माणलगायत विषय पनि छन् ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












