बिमस्टेक सम्मेलनमा बुलेटप्रुफ गाडी र जामर भाडामा ल्याइने
काठमाडाैँ २३, साउन । गृह मन्त्रालयले चौथो बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा बुलेट प्रुफ गाडी र जामर भाडामा ल्याउने भएको छ । सुरक्षा निकायहरूसँग भएका साधनस्रोतसमेतलाई प्रयोग गर्नेगरी अपुग सवारी र जामर भारतबाट ल्याउने तयारी भइरहेको सम्मेलन व्यवस्थापन बैठकमा सहभागी एक सदस्यले बताए । यसका लागि परराष्ट्र मन्त्रालयलाई आवश्यक प्रक्रिया थाल्न पनि अर्थ मन्त्रालयले आग्रह गरिसकेको छ ।
प्रहरीसँग २ वटा जामर र ४ वटा बुलेटप्रुफ गाडी छन् । तर, नियमित रूपमा सञ्चालनमा नरहेका कारण आपतकालीन अवस्थामा समस्यामा पर्नसक्ने जानकारी प्रहरीले गराइसकेको छ । सम्मेलनका लागि २० वटा जीप, प्रतिगोटा ४० लाख पर्ने ६५० सीसीका ७४ वटा साइरन जडित मोटरसाइकल पनि किन्न प्रस्ताव गरेको छ ।
यस्तै, प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयसँग पनि १/१ वटा बुलेटप्रुफ सवारी छन् । सेना र सशस्त्रसँग भएका बुलेटप्रुफ सवारी पनि सम्मेलनमा प्रयोग गर्नुपर्ने प्रस्ताव अर्थ मन्त्रालयले गरेको छ । २०७१ मंसिर १० र ११ गते काठमाडौंमा आयोजना गरिएको दक्षिण एसीयाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ शिखर सम्मेलनमा पनि भारतबाटै सवारी, जामर लगायतका वन्दोबस्तीका सामान ल्याइएको थियो ।
विमस्टेकमा सम्मेलनमा सहभागी हुने भारत, बंगलादेश, श्रीलंका, म्यानमार, भुटान र थाइल्याण्डका सरकार तथा राष्ट्रप्रमुखका लागि भारतबाट बुलेटप्रुफ गाडी र नेटवर्क कन्ट्रोल उपकरण (जामर) ल्याउने तयारी भएको गृह मन्त्रालयका अधिकारीले पनि जानकारी दिए ।
विश्व राजनीतिमा प्रभावकारी मानिएका सरकार तथा राष्ट्रप्रमुखहरू सम्मेलनमा आउन लागेकोले यसको सुरक्षित र प्रभावकारी व्यवस्थापनमा कुनै कसरत बाँकी नराखिने परराष्ट्र मन्त्रालयका अधिकारीले बताएका छन् । बिमस्टेकको चौथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा हुँदै छ
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












