न्यायालयको पुनसंरचना गराैं-पम्फा भुसाल
काठमाडाैँ २३, साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य पम्फा भुसालाले नेपालको अग्रगामी परिवर्तनलाई आत्मासाथ गर्न नसक्ने एक मात्र संस्था न्यायपालिका भएको बताएकि छिन् ।
रफत सञ्चार क्लमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भुसालले जनतको अभिमतबाट आएको सरकार र संसदको निर्णयलाई न्यायपालिकाले कुठाराघात गर्दै आएकाले अन्य संस्थाको पुनसंरचना जस्तै न्यायपालिकाको पनि पुनसंरचना गरिनु पर्ने बताइन् । उनले बिगतको जस्तो यो सरकार कमजोर नभएको भन्दै प्रतिपक्ष दलले आफ्नो बिषयमा भन्दा पनि अरुको पक्षमा नलागि जनमत अनुरुप जनताको सुबिधाका लागि बिगत झै मिलेर देश बिकासको काममा लाग्नु पर्नेमा जोड दिइन् । सत्ता र प्रतिपक्ष नभई संबिधानको कार्यान्वयन देशको बिकास र समृद्धिमा एक भएर अघि बढ्नु नै नेपाल र नेपालीका लागि हित हुने बताइन् ।
उनले संसदिय सुनवाई समितिले प्रधान न्यायाधिश नियुक्तिमा जनताको निवेदन र आफ्नो अुनसन्धान पश्चात दिपकराज जोशिलाई अनुमोदन नगरेको बताउँदै यो संसदिय सुनवाईको अधिकारको बिषय रहेको बताइन । संसदिय सुनवाईको निणर्य सर्वोच्च अदालतको निणर्य जस्तै अन्तिम भएकाले यसमा प्रधानमन्त्रीलाई बिचमा ल्याउन खोज्ने प्रसाय गलत भएको बताइन् ।
भ्रष्टाचार र कमिसन हाम्रो देशमा संस्थागत बनिसकको भन्दै भुसालले सुशासन कायम गर्ने र गलत काम गर्नेलाई सरकारले छुट नदिने सकारको पहिलो काम भएको बताइन् ।
बिगतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले जाँदा जाँदै आचार संहित बिपरित र गलत मनसायले गरेका नियुक्तिहरु वर्तमान सरकाले खोरज गर्ने अधिकार रहेको र सोहि अनुरुप खारेज गरेता पनि न्यायलयले कार्यापालिका र ब्यवस्थापिका भन्दा आफूलाई माथि राखेर निर्णय गर्नु गलत भएको बताइन् ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











