नेकपाकै सांसदहरूले मागे अर्थमन्त्रीको राजीनामा
काठमाडाैँ २६, साउन । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरेका छन् । कम्युनिष्ट पार्टीको सरकार बन्दा पनि जनताका समस्या जस्ताको त्यस्तै रहेको भन्दै प्रदेश नम्बर ५ का सांसदहरूले बजेटपछि सरकारसँग बढि गुनासा आएको बताए ।
प्रधानमन्त्री ओलीले शुक्रबार प्रदेश नम्बर ५ का सांसदहरुसँग भेट गरेका थिए ।
“बजेटले सरकारलाई असफल बनाउँदैछ, अर्थमन्त्री परिवर्तन गर्नुहोस् भनेर सुझाव दियौं,” सांसद मेटमणि चौधरीले बैठकपछि भने, “बजेटपछि सरकार अलोकप्रिय बनाउन अर्थमन्त्रीको भूमिका बढि देखिन्छ । सकिन्छ भने करेक्सन गरौं नभए अर्थमन्त्री परिवर्तन गरेर भए पनि अहिलेको सरकारलाई व्यवस्थित गराउनुपर्छ ।”
उनले धेरैको गुनासो यस्तै रहेको बताए ।
“धेरै सांसदले अहिले जनता उत्साहित छैनन् भनेर भन्नुभयो,” उनले भने, “अब हामीले मुक्ति पाउँदैनौं । जनताका समस्या सम्बोधन गर्नुपर्छ ।” बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको सरकारले मुलुकलाई खोक्रो बनाएको बताउँदै अहिले जनताका माग सम्बोधन गर्न नसकेको बताएका थिए ।बैठकमा अन्य सांसदहरुले पनि अर्थमन्त्री खतिवडाको आलोचना गरेका थिए । यसअघि अन्य प्रदेशका सांसदहरुले पनि अर्थमन्त्री खतिवडाले ल्याएको बजेटले जनताका समस्या सम्बोधन गर्न नसक्ने भन्दै अर्थमन्त्री परिवर्तन गर्न सुझाव दिएका थिए ।
प्रधानमन्त्री ओलीले केहिवर्ष लागे पनि आफू नेतृत्वको सरकारले मुलुकमा समृद्धि हासिल गर्न बताएका थिए ।
सांसदहरुले सिन्डिकेट अन्त्य गर्न नसकेको, ठेकेदारलाई कारवाही गर्न नसकेको, सरकारले जनताका समस्यालाई सम्बोधन गर्न नसकेको लगायतका गुनासा प्रधानमन्त्री ओलीसँग गरेका थिए । यसैबीच प्रधानमन्त्री ओलीले नेकपाको सरकार नभएको भए देश भयानक संकटमा पर्ने थियो भनेका छन् ।
अघिल्लो सरकारले देशलाई गम्भीर आर्थिक संकटमा पुर्याएको थियो भन्दै उनले अब चालू आर्थिक वर्षमै देशको आर्थिक अवस्थामा सुधार आउने धारणा व्यक्त गरे ।
उनले भने “हामीले विकास र निर्माणका ठूला–ठूला योजना ल्याएका छौं, शिक्षा र स्वास्थ्यका क्षेत्रमा अभियानहरु सुरु गरेका छौं ।”
प्रधानमन्त्री ओलीले अगाडि भने, “कसैलाई कम्युनिष्ट पार्टीको सरकार बनेकोमा असैह्य भएको हुन सक्छ, तर जनताले विश्वास गरेर सुविधाजनक वहुमत प्रदान गरेको अवस्थामा हामीले देशमा आर्थिक–सामाजिक रुपान्तरण गरेरै देखाउनु पर्छ ।”
उक्त अवसरमा नन्दलाल रोकाया, खिमलाल भट्टराई, पूर्णा सुवेदी, हिराचन्द्र के.सी., सोमप्रसाद पाण्डे, तुलसा थापालगायतका सांसदहरुले सरकार र मन्त्रीहरुका काम–कार्वाहीका साथै यो आर्थिक वर्षको वजेटका सम्बन्धमा आ–आफ्नो धारणा राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Comments
अरु समाचार
-
करिब पाँच सय पसल अनुगमन गर्दा २० मात्रै नियमअनुरुप सञ्चालन भएको पाइयाे
काठमाडौँ स् काठमाडौँ महानगरपालिकाले चार सय ९७ पसलको अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालन भएका पाइएको छ । साथै...
-
सामाखुसी यातायातद्वारा सात करोड लगानीमा १५ बस सञ्चालन
काठमाडौं । सामाखुसी यातायात प्रालिले रु सात करोडको लागतमा १५ वटा बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ मा काठमाडौँ...
-
चोभारआदिनाथमा एकमहिने मेला सुरु
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन लाग्ने चोभार डाँडास्थित आदिनाथको मेला आजदेखि सुरु भएको छ । कार्तिक शुक्ल...
-
सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ
काठमाण्डौ । दशैँको मौकामा सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ परेका छन् । काठमाण्डौको...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध
१२ असोज, काठमाडौं । अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो...
-
बिहीवार वरिष्ठको उपाधि पाएका क्षमताहिन वकिल सर्वोच्च जान मरिहत्ते
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको सिफारिस र नियुक्ति गर्न न्याय परिषदुको बैठक आज (शुक्रबार) विहान...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...