कर्णाली प्रदेशको सभाहलमा पानी चुहिएर हैरान
सुर्खेत २७, साउन । सिँचाइ डिभिजन कार्यालय सुर्खेतको हलमा अस्थायीरूपमा सञ्चालन हुँदै आएको कर्णाली प्रदेशको सभाहलमा पानी चुहिन थालेको छ ।
अलि बढी पानी पर्ने बित्तिकै सभाहल चुहिन थाल्छ । हल चुहिँदा प्रदेशसभा सदस्यहरु बैठकमा जोगिएर बस्नुपर्दछ । राजधानी सुर्खेतजस्तो ठाउँमा सभा भवन नै चुहिने भएपछि सबैलाई लज्जित बनाएको छ । यसो हुनुमा गुणस्तरहीन भवन, नियमित मर्मत् सम्भार नहुनु र घर पुराना हुँदै जानु हो भन्छन्, कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही ।
शैक्षिक तालीम केन्द्रमा सभाहल बन्ने कार्य तीव्रगतिमा भइरहेको छ । साउण्ड सिस्टमका लागि कोटेशन गर्न सरकारसँग बजेट माग गरिरहेका छौँ,उनले भने । अब दुई महिनापछि अर्को अधिवेशन शैक्षिक तालीम केन्द्रमा प्रदेशसभाको बैठक बस्ने उनको भनाइ छ ।
त्यसैगरी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी बस्ने आवास चुहिँदा अन्तै बसाइँसराइ गर्नुपर्ने बाध्यता आइलागेको छ । बनेका घरहरू गुणस्तरहीन र भूकम्प आउँदा एकै झट्कामा गल्र्यागुर्लुम ढल्ने जोखिम रहेकाले त्रसित मनस्थितिमा बस्नुपरेको कानूनमन्त्री भण्डारीले बताए ।
त्यस्तै भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीले पनि मन्त्रालय, आवास सबै चुहिने गरेको बताए । भवनहरू चुहिने मात्र नभई धमिरा पनि त्यत्तिकै लाग्ने गरेको उनको भनाइ छ । मन्त्री खत्रीले भने, ‘कर्णालीमा सडक, पुल, भवनजस्ता सबै पूर्वाधार गुणस्तरहीन हुँदा समस्या यो प्रदेशभरि नै छ ।’
वैकल्पिक सभाहलका रूपमा सञ्चालन भएको प्रदेशसभा स्थानान्तरण हुने भए पनि सरकारी अधिकारी तथा सरकारका मन्त्रीहरुको बसाइ सकसपूर्ण छ । शहरी विकास तथा भवन निर्माण विभागका क्षेत्रीय निर्देशनालय सुर्खेतका निमित्त प्रमुख कमलकुमार दर्लामीले घर पुराना भएको र त्यसको मर्मतसम्भार नभएको जनाए ।
बनेका संरचनाको बेलाबेलामा मर्मतसम्भार नहुनुले राजधानीभित्रै बढी समस्या देखिएको छ । यद्यपि राजधानी वीरेन्द्रनगरका मन्त्रालय जान यही असारको दोस्रो साता कालोपत्रे गरिएका सडकको पिच उप्किसकेको छ । गुणस्तरहीन पिच गर्ने निर्माण व्यवसायीमाथि सम्बन्धित निकायले तत्काल कारबाही गर्न स्थानीयले सुझाएका छन् ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते !
काठमाडाैं । हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा: सिएमसी नेपाल
कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११...












