महाकाली पुल खतरामा, पानीको बहाव बढेपछि सवारी अवागमन ठप्प
काठमाडाैँ २७, साउन । महाकाली नदीमा पानीको बहाव बढेपछि गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा चार पाङग्रे सवारीसाधनको अवागमन बन्द गरिएको छ ।
गएरातिदेखि परेको अबिरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि भारतीय पक्षले आइतबार दिउँसो १२ वजेपछि पुलमा चार पाङ्ग्रे सवारीसाधनको अवागमन बन्द गरेको हो ।
महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्ने बित्तिकै भारतीय पक्षले पुलमा गाडी आवातजावत बन्द गर्दै आएको छ ।
इलाका प्रहरी कार्यालय गडडाचौकीका प्रहरी नायब निरीक्षक डिकर देब पन्तले आवागमन बन्द गरिएको बताउँदै पैदल यात्रु र मोटरसाईकललाई भने चल्न दिएको जानकारी दिए ।
मध्यान्ह १२ वजे महाकाली नदीमा पानीको बहाव एक लाख ८ हजार क्युसेक मापन गरिएको उनले बताए ।
महाकाली नदीमा पानीको बहाव बढेसँगै कञ्चनपुरको भीमदत्त नगरपालिकाको महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको प्रहरी नायब निरीक्षक पन्तले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महाकाली नदीका पानीको बहाव बढेसँगै सुरक्षा निकायलाई उच्च सर्तकतामा राखेको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रबत्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीले जानकारी दिए ।
पुल पुरानो र जीर्ण भएका कारण १ लाख क्युसेक पानी पुगेसँगै भारतीय पक्षले पुलमा आवागमन बन्द गर्ने गरेको छ ।
Comments
अरु समाचार
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न दुई करोड अनुदान
काठमाडौं । काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान...
-
दिउँसोदेखि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना: मौसम विभाग
काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने प्रयास !
काठमाडौं । नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने कुटिल...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...












