लोकन्थली -कोटेश्वर सडक खण्डको वैकल्पिक सडक सञ्चालनमा ल्याइने
काठमाडाैँ २७, साउन । लोकन्थलीदेखि जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकमा दैनिक हुने सवारी साधनको चाप घटाउन वैकल्पिक सडक सञ्चालनमा ल्याइने भएको छ।
प्रतिनिधिसभा सदस्य महेश बस्नेतले शुरु गरेका ‘सुरक्षित भक्तपुर, जाममुक्त भक्तपुर’ अभियान अन्तर्गत उक्त सडक खण्डमा चाप कम गर्न वैकल्पिक सडक सञ्चालनमा ल्याउन लागिएको हो।
सांसद बस्नेत, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ, डिभिजन सडक कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारी, ट्राफिक प्रहरी प्रमुख जगत नेपाली तथा अन्य सरोकारवाला सहितका टोलीले उक्त क्षेत्रको अवलोकन गरेपछि सडक मर्मत तथा ग्राभेल विछ्याउन थालिएको छ।
‘कोटेश्वर–जडीबुटीको चाप हटाउन, अरनिको राजमार्गलाई सुरक्षित र उज्यालो पार्न, भक्तपुरका बालुवाखानीमा देखिएका अनियमितता नियन्त्रणका लागि सरोकारवाला निकायसँग समन्वय गर्न थालिएको छ,’ बस्नेतले भने।
उनले नयाँ सञ्चालनमा ल्याउन लागिएको पेप्सीकोला जडीबुटी सडकबाट चाहबिल जाने सवारी साधन सञ्चालन गराइने, ललितपुर जाने सवारी साधनलाई मनोहरा आँखा अस्पतालबाट टिकाथली तथा बालकुमारी सडक मर्मत सकिएलगत्तै दुईवटा बेलिब्रिज राखेर यातायात सञ्चालन गराइने तयारी गरिएको जानकारी दिए।
४३ करोड रुपैयाँको लगानीमा सञ्चालित मनोहरा जग्गा एकीकरण आयोजनामा रहेको नौ मिटर चौडा सडकमा केही दिनमै एकातर्फी यातायात सञ्चालनमा ल्याइने भएको छ। त्यस्तै मनोहरा नदीको दायाँबाँया २०/२० मिटर चौंडा रहने गरी निर्माण हुन लागेको मनोहरा करिडोर सडक तत्काल निर्माण गर्न सांसद बस्नेतले ठेकेदार भीम श्रेष्ठलाई निर्देशन दिएका छन्।
करिडोर निर्माण भएसँगै जडीबुटी नाकामा यातायातका साधनको चाप कम हुने उल्लेख गर्दै सांसद बस्नेतले सडक चापको दीर्घकालीन उपाय भनेको कोटेश्वर जडीबुटी सुरुङ मार्ग नै भएको बताए। उनले कोटेश्वर सडकको दाँयाबाँया सर्भिस ट्र्याक निर्माणका लागि डिपिआर तयार भइसके पनि नागरिक उड्यान प्राधिकरणका कारण निर्माण कार्य अगाडि बढ्न नसकेको बताए।
अहिले कोटेश्वरसम्मको चाप न्यूनीकरणका लागि विकल्पको रुपमा बालकुमारीदेखि जडीबुटीको पुलसम्म सडकको करिडोर निर्माण गर्न १७ करोड र भक्तपुरबाट मनोहरा पुलदेखि मनोहरा दोभान र हनुमन्ते दोभानसम्म तीन करोड विनियोजन भएकामा काम सम्पन्न हुने चरणमा छ। मेलम्ची खानेपानीको ढल विछ््याउने कार्यले योजना सम्पन्न गर्न केही ढिलाइ हुन गएको थियो।
वागमती सभ्यताले हनुमन्ते करिडोर सडक निर्माणका लागि रू ९१ करोड विनियोजन भइ निर्माण कार्य पनि अगाडि बढिसकेको छ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












