लोकन्थली -कोटेश्वर सडक खण्डको वैकल्पिक सडक सञ्चालनमा ल्याइने
काठमाडाैँ २७, साउन । लोकन्थलीदेखि जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकमा दैनिक हुने सवारी साधनको चाप घटाउन वैकल्पिक सडक सञ्चालनमा ल्याइने भएको छ।
प्रतिनिधिसभा सदस्य महेश बस्नेतले शुरु गरेका ‘सुरक्षित भक्तपुर, जाममुक्त भक्तपुर’ अभियान अन्तर्गत उक्त सडक खण्डमा चाप कम गर्न वैकल्पिक सडक सञ्चालनमा ल्याउन लागिएको हो।
सांसद बस्नेत, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ, डिभिजन सडक कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारी, ट्राफिक प्रहरी प्रमुख जगत नेपाली तथा अन्य सरोकारवाला सहितका टोलीले उक्त क्षेत्रको अवलोकन गरेपछि सडक मर्मत तथा ग्राभेल विछ्याउन थालिएको छ।
‘कोटेश्वर–जडीबुटीको चाप हटाउन, अरनिको राजमार्गलाई सुरक्षित र उज्यालो पार्न, भक्तपुरका बालुवाखानीमा देखिएका अनियमितता नियन्त्रणका लागि सरोकारवाला निकायसँग समन्वय गर्न थालिएको छ,’ बस्नेतले भने।
उनले नयाँ सञ्चालनमा ल्याउन लागिएको पेप्सीकोला जडीबुटी सडकबाट चाहबिल जाने सवारी साधन सञ्चालन गराइने, ललितपुर जाने सवारी साधनलाई मनोहरा आँखा अस्पतालबाट टिकाथली तथा बालकुमारी सडक मर्मत सकिएलगत्तै दुईवटा बेलिब्रिज राखेर यातायात सञ्चालन गराइने तयारी गरिएको जानकारी दिए।
४३ करोड रुपैयाँको लगानीमा सञ्चालित मनोहरा जग्गा एकीकरण आयोजनामा रहेको नौ मिटर चौडा सडकमा केही दिनमै एकातर्फी यातायात सञ्चालनमा ल्याइने भएको छ। त्यस्तै मनोहरा नदीको दायाँबाँया २०/२० मिटर चौंडा रहने गरी निर्माण हुन लागेको मनोहरा करिडोर सडक तत्काल निर्माण गर्न सांसद बस्नेतले ठेकेदार भीम श्रेष्ठलाई निर्देशन दिएका छन्।
करिडोर निर्माण भएसँगै जडीबुटी नाकामा यातायातका साधनको चाप कम हुने उल्लेख गर्दै सांसद बस्नेतले सडक चापको दीर्घकालीन उपाय भनेको कोटेश्वर जडीबुटी सुरुङ मार्ग नै भएको बताए। उनले कोटेश्वर सडकको दाँयाबाँया सर्भिस ट्र्याक निर्माणका लागि डिपिआर तयार भइसके पनि नागरिक उड्यान प्राधिकरणका कारण निर्माण कार्य अगाडि बढ्न नसकेको बताए।
अहिले कोटेश्वरसम्मको चाप न्यूनीकरणका लागि विकल्पको रुपमा बालकुमारीदेखि जडीबुटीको पुलसम्म सडकको करिडोर निर्माण गर्न १७ करोड र भक्तपुरबाट मनोहरा पुलदेखि मनोहरा दोभान र हनुमन्ते दोभानसम्म तीन करोड विनियोजन भएकामा काम सम्पन्न हुने चरणमा छ। मेलम्ची खानेपानीको ढल विछ््याउने कार्यले योजना सम्पन्न गर्न केही ढिलाइ हुन गएको थियो।
वागमती सभ्यताले हनुमन्ते करिडोर सडक निर्माणका लागि रू ९१ करोड विनियोजन भइ निर्माण कार्य पनि अगाडि बढिसकेको छ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












