कञ्चनपुरको महाकाली नगरपालिकाका तीन वटा वडामा डुबानमा, खोलाले बगाएर दुई बेपत्ता
भीमदत्तनगर २८, साउन । दुई दिनदेखिको लगातारको वर्षाका कारण कञ्चनपुरको महाकाली नगरपालिकाका तीन वटा वडामा डुबानको समस्या हुँदा स्थानीयवासी प्रभावित बनेका छन् ।
इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले वर्षाका कारण महाकाली नगरपालिका– ८, ९ र १० का केही घर डुबानमा परेको जानकारी दिए । “केही परिवार मात्रै घर छाड्नु्पर्ने अवस्थामा रहे पनि धेरै परिवारको सामान हिजो(आइताबार) नै सारिएको छ”, प्रहरी निरीक्षक चन्दले भने, “बस्तीमा सर्तकता अपनाउन आग्रह गरिएको छ ।”
त्यसैगरी महाकाली नदीबाट पारि चादँनीतर्फ बैलबन्द सामुदायिक वन क्षेत्रको तटबन्ध भासिएको छ । बाढीका कारण तटबन्धका ११ जाली बगेको र तटबन्ध भासिएको चन्दले जानकारी दिए । “अहिले तटबन्धको जाली भरान गर्ने तयारी हुँदैछ”, चन्दले भने, “पहाडी जिल्लामा वर्षा भइरहेकाले डुबानको जोखिम यथावत् छ ।” महाकाली नगरपालिकाको जोगबुढा नदीमा पनि पानीको बहाव बढेको उनले जानकारी दिए । डुबानस्थलतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।
आइतबार बिहानदेखि महाकाली नदीमा पानीको बहाव बढ्दा पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत ओहोरदोहारमा समस्या भएको छ । भारतीय पक्षले महाकाली नदीमा पानीको बहाव बढेसँगै शारदा ब्यारेज(बनबासा ) पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन बन्द गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । सोमबार बिहान १० बजे गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव एक लाख १५ हजार क्युसेक पुगेको छ । पुलमा पैदल र मोटरसाइकल चल्न दिइए पनि ठूला सवारीसाधनमा रोक लगाइएको छ ।
त्यसैगरी लगातारको वर्षाका कारण यहाँका स्याली, सुनवरा, चौधर, मछेली, दोदालगायत नदीमा पनि पानीको बहाव बढेको छ । भीमदत्तनगरपालिका क्षेत्रमा ढलको व्यवस्थापन प्रभावकारी नहुँदा बजार क्षेत्रमा पनि जलस्तर बढेको छ । आइतबार स्याली नदीले बगाउँदा शुक्लाफाँटा नगरपालिकामा एक महिलाको मृत्युसमेत भएको थियो ।
खोलाले बगाएर दुई बेपत्ता
मोरङ उर्लाबारी ग्रामथान गाउँपालिका–३ स्थित जुडी खोलाले बगाएर बेपत्ता भएका दुई जनाको अवस्था अझै अज्ञात छ ।
पौडी खेल्ने क्रममा रङ्गेली नगरपालिका– २ का ३५ वर्षीय गोपाल मुडियारी र जहदा गाउँपालिका– ३ का १७ वर्षीय मिथुनकुमार मण्डल आइतनबार अपराह्न खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता निशान थापाले जानकारी दिए ।
Comments
अरु समाचार
-
डर प्रभाव वा दुई तिहाई र महाभियोगको त्रासमा न्याय निरुपण असम्भवः सपना प्रधान मल्ल
काठमाडाैं । सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका कुनैपनि प्रकारको डर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने बताएकी...
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...
-
कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज धनगढीबाट सुरू
काठमाडाैं । नेपाली कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज सुदूरपश्चिमको धनगढीबाट सुरू हुँदैछ । विहान १०...
-
मनोज शर्मा नै किन रवि र बालेनलाई नै प्यारो ?
काठमाडौं । ‘नेपोकिड’ को नाराले ओलीलाई हेलिकप्टर चढेर भाग्ने बनायो । नातावाद र कृपावादको विरोधमा उत्रिएका जेनजीले सरकार फेरे ।...
-
अन्तिम कारोबार दिन पनि बढेर रोकियो नेप्से, २७ अंकले बढ्दा तीन अर्ब २८ करोडको शेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन छ दशमलव ९४ अंकले...
-
उच्च अदालत जनकपुरले शनिबार ‘न्यायिक महोत्सव’ आयोजना गर्दै
जनकपुर । उच्च अदालत जनकपुरले कानुन दिवसको अवसरमा शनिबार पहिलो पटक न्यायिक महोत्सवको आयोजना गर्दैछ । दिनभर चल्ने महोत्सवमा अदालत,...
-
सर्वोच्चमा पेशी सार्वजनिक ढिलो, सपना प्रधान मल्ल र मनोज शर्माको इजलास तोकिएन
काठमाडौं । सर्वोच्च अदालत ले शुक्रबारका लागि पेशी सूची ढिलो गरी सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको सूचीमा कायममुकायम प्रधानन्यायाधीश सपना...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
भरतपुर । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज...












