प्रहरीका चार डिआइजी सहित २७ एसएसपीको सरूवा, कसलाई कहाँको जिम्मेवारी ? सूची सहित
काठमाडाैँ ३१, साउन । चार डिआइजी सहित नेपाल प्रहरीका २७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । भदौ महिनाको सेवा सुविधा सरुवा भएको ठाउँबाट नै पाउने गरी बुधबार सरुवा गरिएको हो । चार डिआइजी मध्ये महेश विक्रम शाह कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, सुरेशविक्रम शाह, प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालय, सुरज केसी प्रदेश ७ प्रहरी कार्यालय र धिरु बस्नेत प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा सरुवा भएका छन् ।
यसैगरी काठमाडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलका ठाउँमा बसन्त लामालाई ल्याएको छ। पोखरेललाई प्रहरी कन्सुलरका रूपमा भारतको नयाँ दिल्लीस्थित नेपाली दुतावासमा सरुवा गरिएको छ । एसएसपी पोखरेलले गत माघ २८ गतेदेखि काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए । एसएसपी लामा ३३ किलो सुन तस्करी सनम शाक्य हत्याका प्रकरणमा अनुसन्धानका लागि सरकारले गठन गरेको उच्चस्तरीय छानवीन टोलीका एक सदस्य हुन् । ललितपुर प्रहरी प्रमुखमा गणेश ऐरको ठाउँमा रवीन्द्र धानुकलाई सरुवा गरिएको छ ।
त्यसैगरी एसएसपी अरूण बिसीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग, ईश्वरबाबु कार्कीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो, उत्तम सुवेदीलाई प्रहरी प्रधान कार्यालय, किशोर दाहाललाई प्रदेश नम्बर १ प्रहरी कार्यालय, तारिणी लम्साललाई प्रदेश नम्बर ३ कार्यालय, दिलिप चौधरीलाई विपद् व्यवस्थापन महाशाखामा सरूवा गरेको छ । त्यसैगरी नलप्रसाद उपाध्यायलाई युक्ति महाविद्यालय, नरबहादुर खत्रीलाई प्रदेश नम्बर ५ प्रदेश कार्यालय, निरज बहादुर शाहीलाई साइबर ब्यूरो, पुरूषोत्तम कँडेललाई भर्ना छनोट महाशाखा, पूर्णचन्द्र जोशीलाई विशेष सशस्त्र प्रहरी निर्देशनालयमा पठाएको छ।
प्रकाशजंग कार्कीलाई प्रदेश तालिम केन्द्र पोखरा, विकास श्रेष्ठलाई कार्य महाशाखा, प्रद्युम्न कार्कीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी, वीरेन्द्र श्रेष्ठलाई पश्चिम क्षेत्रीय तालिम केन्द्र, महाउँद आलम खाँलाई आतंकवाद नियन्त्रण महाशाखामा सरुवा गरेको छ। त्यसैगरी राजेश लाल कर्णलाई अपराध अनुसन्धान विद्यालय, मुकुन्द राज आचार्यलाई क्षेत्रीय तालिम केन्द्र जनकपुर, शरद खत्रीलाई संघीय प्रहरी इकाई कोशी, रामकृपाल शाहलाई प्रहरी तालिम केन्द्र दीपायल, सहकुल थापालाई पूर्व क्षेत्रीय तालिम केन्द्र विराटनगर र हरिबहादुर पाललाई प्रहरी प्रधान कार्यालय योजना अन्वेषण योजना निर्देशनालयमा सरुवा गरेको छ

Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












