प्रहरीका चार डिआइजी सहित २७ एसएसपीको सरूवा, कसलाई कहाँको जिम्मेवारी ? सूची सहित
काठमाडाैँ ३१, साउन । चार डिआइजी सहित नेपाल प्रहरीका २७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । भदौ महिनाको सेवा सुविधा सरुवा भएको ठाउँबाट नै पाउने गरी बुधबार सरुवा गरिएको हो । चार डिआइजी मध्ये महेश विक्रम शाह कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, सुरेशविक्रम शाह, प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालय, सुरज केसी प्रदेश ७ प्रहरी कार्यालय र धिरु बस्नेत प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा सरुवा भएका छन् ।
यसैगरी काठमाडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलका ठाउँमा बसन्त लामालाई ल्याएको छ। पोखरेललाई प्रहरी कन्सुलरका रूपमा भारतको नयाँ दिल्लीस्थित नेपाली दुतावासमा सरुवा गरिएको छ । एसएसपी पोखरेलले गत माघ २८ गतेदेखि काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए । एसएसपी लामा ३३ किलो सुन तस्करी सनम शाक्य हत्याका प्रकरणमा अनुसन्धानका लागि सरकारले गठन गरेको उच्चस्तरीय छानवीन टोलीका एक सदस्य हुन् । ललितपुर प्रहरी प्रमुखमा गणेश ऐरको ठाउँमा रवीन्द्र धानुकलाई सरुवा गरिएको छ ।
त्यसैगरी एसएसपी अरूण बिसीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग, ईश्वरबाबु कार्कीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो, उत्तम सुवेदीलाई प्रहरी प्रधान कार्यालय, किशोर दाहाललाई प्रदेश नम्बर १ प्रहरी कार्यालय, तारिणी लम्साललाई प्रदेश नम्बर ३ कार्यालय, दिलिप चौधरीलाई विपद् व्यवस्थापन महाशाखामा सरूवा गरेको छ । त्यसैगरी नलप्रसाद उपाध्यायलाई युक्ति महाविद्यालय, नरबहादुर खत्रीलाई प्रदेश नम्बर ५ प्रदेश कार्यालय, निरज बहादुर शाहीलाई साइबर ब्यूरो, पुरूषोत्तम कँडेललाई भर्ना छनोट महाशाखा, पूर्णचन्द्र जोशीलाई विशेष सशस्त्र प्रहरी निर्देशनालयमा पठाएको छ।
प्रकाशजंग कार्कीलाई प्रदेश तालिम केन्द्र पोखरा, विकास श्रेष्ठलाई कार्य महाशाखा, प्रद्युम्न कार्कीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी, वीरेन्द्र श्रेष्ठलाई पश्चिम क्षेत्रीय तालिम केन्द्र, महाउँद आलम खाँलाई आतंकवाद नियन्त्रण महाशाखामा सरुवा गरेको छ। त्यसैगरी राजेश लाल कर्णलाई अपराध अनुसन्धान विद्यालय, मुकुन्द राज आचार्यलाई क्षेत्रीय तालिम केन्द्र जनकपुर, शरद खत्रीलाई संघीय प्रहरी इकाई कोशी, रामकृपाल शाहलाई प्रहरी तालिम केन्द्र दीपायल, सहकुल थापालाई पूर्व क्षेत्रीय तालिम केन्द्र विराटनगर र हरिबहादुर पाललाई प्रहरी प्रधान कार्यालय योजना अन्वेषण योजना निर्देशनालयमा सरुवा गरेको छ

Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












