विप्लव र किराँतीको पार्टी एकताको तयारि तिब्र
काठमाडाैँ ३१, साउन । काठमाडाैँ ३१, साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र गोपाल किराँती नेतृत्वको पुनर्गठित नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको गृहकार्य शुरु भएको छ । दुबैपार्टीका नेताहरुले एकताका लागि विभिन्न चरणमा संवादसमेत गरेका छन् ।
पुनर्गठित माओवादीको नेतृत्व गरेका किराँतीले एकताको लागि वार्ता भएको र निकट भविष्यमा एकता हुन सक्ने बताए ।
‘हामी वैद्य कमरेड र विप्लव कमरेडसँग संवादमा छौँ । क्रान्तिकारी शक्तिहरुबीच एकता हुनुपर्छ भन्नेमा हाम्रो एकमत छ । सके सबैबीच एकैपटक, नभए विप्लव कमरेड र हामीबीच एकताको सम्भावना बलियो छ’, किराँतीले भने, ‘क्रान्तिकारी शक्तिहरुबीचको एकता निकट भविष्यमा हुन सक्ने सम्भावना छ । विप्लव कमरेडहरुसँग दुईपटक वार्ता भयो । वार्ता सकारात्मक भएका छन् । हामीले उहाँहरु ठूलो पार्टी भएको हुँदा एकताको औपचारिक पहल उहाँहरुले गर्नुस् भनेर भनेका छौँ ।’
नेता किराँतीले छिट्टै पोलिटब्यूरोको बैठक बसेर औपचारिक रुपमा एकताको पहल सुरु गर्ने बताए ।
तत्कालिन माओवादी केन्द्रले फागुन १० गते किराँतीलाई पार्टीबाट निस्काशन गरेको थियो । त्यसपछि उनी माओवादी केन्द्रलाई पुनर्गठन गर्ने अभियानमा जोडिएका थिए । एमाले र माओवादी एकताको भोलिपल्ट नेता किराँतीले प्रचण्ड नेतृत्वको पार्टीले मार्क्सवाद, लेनिनवाद, माओवादको विचार र बल प्रयोगको सिद्धान्तमा आधारित विचारधारा त्यागेको आरोप लगाउँदै औपचारिक हिसावले माओवादी केन्द्रको पुर्नगठन सुरु गरेका थिए ।
त्यसपछि उनले क्रान्तिकारी शक्तिहरुसँग एकताको पहल थालेका थिए । यहि पहल अन्तर्गत किराँतीले क्रान्त्रिकारी माओवादीका महासचिव मोहन वैद्य किरण र विप्लवसँग संवाद अगाडि बढाएका थिए ।
साउन २२ गते राति विप्लव नेतृत्वको नेकपाका प्रवत्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड चन्दा असुलीको आरोपमा प्रक्राउ परेपछि सो पार्टी अहिले चर्चामा छ । यद्यपी सो पार्टीका महासचिव विप्लवको
कपिलवस्तुस्थित निवासमा प्रहरीले वारेण्ट पूर्जी टाँसेपछि उनी भूमिगत छन् । तर पनि एकीकृत जनक्रान्तिको कार्यदिशा लिएको विप्लव नेतृत्को नेकपा र समाजवादी क्रान्तिको कार्यदिशा लिएको पुनर्गठित माओवादी केन्द्रबीच एकताको गृहकार्य भएको हो ।
यसअघि पनि आफूलाई क्रान्तिकारी दाबी गर्ने विभिन्न धारका माओवादीबीच पार्टी एकताको पहल भए पनि त्यसले मूर्तरुप लिन सकेको थिएन । एमाले माओवादी एकतापछि वैद्य, विप्लव र किराँतीले मूलधारको माओवादी आफूहरु भएको दावी गरेका थिए ।
विप्लवले विज्ञप्ति जारी गर्दै एमाले र माओवादीबीचको एकतालाई ‘क्रान्तिका भगौडा र नाम कटुवा कम्युनिस्टहरूको गठजोड’ भनेर टिप्पणी गरेका थिए । उनले विज्ञिप्त मार्फत ‘कम्युनिस्ट आदर्शबाट च्यूत भएका अवसरवादी तथा संशोधनवादीको एकता भएको’ पनि आरोप लगाएका थिए ।
एकतालाई लिएर वैद्यले वाम एकताका नाममा माओवादी केन्द्रको विलय भएको टिप्पणी गरेका थिए । एमाले र माओवादी केन्द्रबीच एकता नभएर दक्षिणपन्थी र अवसरवादी धारको मिलन भएको वैद्यको टिप्पणी थियो ।
नेता किराँतीले एमाले–माओवादी एकतापछि ‘प्रचण्ड नेतृत्वको माओवादी केन्द्र नव प्रतिक्रियावादी कित्तामा पलायन भएको’ आरोप लगाएका थिए ।
एमाले माओवादी एकतापछि तीनवटै नेताले क्रान्तिकारी शक्तिबीचको एकतामा जोड दिएका थिए । विप्लवले एमाले र माओवादी केन्द्रको एकताले क्रान्तिकारीमा नयाँ शक्ति र अवसर पैदा गरेको बताएका थिए ।
वैद्यले आफूहरु सबै क्रान्तिकारी शक्तिहरूलाई गोलबन्द गर्ने दिशामा अगाडि बढेको बताएका थिए । त्यसैगरी किराँतीले माओवादी केन्द्रको पुनर्गठनमा जुट्न सवै माओवादीसँग आग्रह गरेका थिए ।
वैद्य र विप्लव ०६९ असार ५ मा तत्कालिन माओवादीबाट पार्टी फुटाएर नयाँ पार्टी गठन गरेका थिए । पछि विप्लवले वैद्यलाई छाडेर नेपाल कम्युनिस्ट पार्टी गठन गरे । एमाले माओवादीबीच फागुन ७ मा सातबुँदे सहमतिपछि किराँतीले त्यसको विरोध गरेका थिए । त्यसको तीन दिन पछि किराँती र विश्वभक्त दुलाल ‘आहूती’ लाई पार्टीबाट निष्काशन गरेको थियो ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











