जनप्रतिनिधिको मर्यादा राख्नुस्- प्रधानमन्त्री
काठमाडौँ ३१, साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा देखिएको अनियमितता, भ्रष्टाचार र जनप्रतिनिधिले उपभोग गरेका सुविधाका विषयमा चासो व्यक्त गरेका छन् ।
गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधिमण्डलसँग आज सिंहदरबारमा अन्तक्र्रिया गर्दै उनले सो विषयमा चासो व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले स्थानीय तहमा अनियमितता भएको, जनताका काम जनप्रतिनिधिले सहज ढङ्गले नगरिदिएको गुनासो धेरै आएकाले त्यस विषयमा गम्भीर हुन जनप्रतिनिधिलाई आग्रह गरे ।
“कतिपय ठाउँमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षले महङ्गा गाडी किनेको, कतिपय वडा अध्यक्षले डोजर किनेर सडक निर्माणमा ठेक्का आफैँ लिएका गुनासा आएका छन्”, उनले भने, “तपाईंहरु जनप्रतिनिधि हो, त्यसकारण जनताले नरुचाउने काम नगर्नुहोस्, जनताले जे रुचाउँछन् त्यस काममा केन्द्रित हुनुहोस् ।”
प्रधानमन्त्री ओलीले कतिपय सुविधा कानूनले दिएको भनेर त्यसैअनुसार उपभोग नगर्न आग्रह गर्दै राजनीतिमा त्याग पनि महत्वपूर्ण भएको स्मरण गराए ।
“त्यस्ता सुविधालाई अत्यावश्यकबाहेक अहिले त्याग गरेर जनताको मन जित्न सक्नुपर्छ,” उनले भने,“ देश निर्माणको ठूलो जिम्मेवारी गाउँपालिकाका जनप्रतिनिधिको काँधमा आइपुगेको छ ।”
प्रधानमन्त्री ओलीले दुर्गम ठाउँमा साधन स्रोतको कमी हुने भएकाले त्यहाँका जनप्रतिनिधिले धेरै चुनौतीमा काम गर्नुपर्ने बाध्यता रहेको बताए ।
“जतिसुकै चुनौती भए पनि देश निर्माणको जग भनेको तपाईंहरु नै हो”, उनले भने, “दुर्गमका बस्ती, राज्यको सेवासुविधा नपुगेका जनतामा तपाईंहरुले नै सेवा प्रवाह गर्ने हो ।” देश निर्माणका लागि जनताले स्थानीय जनप्रतिनिधिलाई ठूलो जिम्मेवारी दिएको नभुल्नसमेत प्रधानमन्त्री ओलीले आग्रह गरे ।
प्रधानमन्त्री ओलीले सुगम ठाउँ नगरपालिका र महानगरपालिका हुने भएकाले त्यहाँका जनप्रतिनिधिलाई केही सहज हुुने तर दुर्गमका गाउँपालिकामा यस्तो स्थिति नहुने बताउँदै स्थानीय तहका जनप्रतिनिधिका कामबाट जनताले प्रदेश र सङ्घीय सरकारप्रतिको पनि धारणा बनाउने भएकाले आफ्नो आचरणमा विशेष ख्याल गर्न आग्रह पनि गरे ।
भेटमा महासङ्घका प्रतिनिधिले स्थानीय तहले भोग्नुपरेको समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












