जनप्रतिनिधिको मर्यादा राख्नुस्- प्रधानमन्त्री
काठमाडौँ ३१, साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा देखिएको अनियमितता, भ्रष्टाचार र जनप्रतिनिधिले उपभोग गरेका सुविधाका विषयमा चासो व्यक्त गरेका छन् ।
गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधिमण्डलसँग आज सिंहदरबारमा अन्तक्र्रिया गर्दै उनले सो विषयमा चासो व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले स्थानीय तहमा अनियमितता भएको, जनताका काम जनप्रतिनिधिले सहज ढङ्गले नगरिदिएको गुनासो धेरै आएकाले त्यस विषयमा गम्भीर हुन जनप्रतिनिधिलाई आग्रह गरे ।
“कतिपय ठाउँमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षले महङ्गा गाडी किनेको, कतिपय वडा अध्यक्षले डोजर किनेर सडक निर्माणमा ठेक्का आफैँ लिएका गुनासा आएका छन्”, उनले भने, “तपाईंहरु जनप्रतिनिधि हो, त्यसकारण जनताले नरुचाउने काम नगर्नुहोस्, जनताले जे रुचाउँछन् त्यस काममा केन्द्रित हुनुहोस् ।”
प्रधानमन्त्री ओलीले कतिपय सुविधा कानूनले दिएको भनेर त्यसैअनुसार उपभोग नगर्न आग्रह गर्दै राजनीतिमा त्याग पनि महत्वपूर्ण भएको स्मरण गराए ।
“त्यस्ता सुविधालाई अत्यावश्यकबाहेक अहिले त्याग गरेर जनताको मन जित्न सक्नुपर्छ,” उनले भने,“ देश निर्माणको ठूलो जिम्मेवारी गाउँपालिकाका जनप्रतिनिधिको काँधमा आइपुगेको छ ।”
प्रधानमन्त्री ओलीले दुर्गम ठाउँमा साधन स्रोतको कमी हुने भएकाले त्यहाँका जनप्रतिनिधिले धेरै चुनौतीमा काम गर्नुपर्ने बाध्यता रहेको बताए ।
“जतिसुकै चुनौती भए पनि देश निर्माणको जग भनेको तपाईंहरु नै हो”, उनले भने, “दुर्गमका बस्ती, राज्यको सेवासुविधा नपुगेका जनतामा तपाईंहरुले नै सेवा प्रवाह गर्ने हो ।” देश निर्माणका लागि जनताले स्थानीय जनप्रतिनिधिलाई ठूलो जिम्मेवारी दिएको नभुल्नसमेत प्रधानमन्त्री ओलीले आग्रह गरे ।
प्रधानमन्त्री ओलीले सुगम ठाउँ नगरपालिका र महानगरपालिका हुने भएकाले त्यहाँका जनप्रतिनिधिलाई केही सहज हुुने तर दुर्गमका गाउँपालिकामा यस्तो स्थिति नहुने बताउँदै स्थानीय तहका जनप्रतिनिधिका कामबाट जनताले प्रदेश र सङ्घीय सरकारप्रतिको पनि धारणा बनाउने भएकाले आफ्नो आचरणमा विशेष ख्याल गर्न आग्रह पनि गरे ।
भेटमा महासङ्घका प्रतिनिधिले स्थानीय तहले भोग्नुपरेको समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











