यूएईमा आममाफीका लागि दूतावासले सुरू गर्यो घुम्ती सेवा
काठमाडाैँ १,भदाै । वैदेशिक रोजगारीका लागि यूएई आएर विभिन्न कारणले आफू कार्यरत कम्पनी वा घरबाट भागेका ३९१ जनाको तथ्यांक नेपाली दूतावास अबुधावीले सार्वजनिक गरेको छ ।
यूएईमा अवैध कामदारलाई यहाँको सरकारले वैध बन्न या विना जरिवाना आफ्नो देश फर्कन आममाफीको सुविधा दिएको करिब २ सातापछि यो तथ्यांक यूएई सरकारले दूतावासलाई उपलब्ध गराएपछि सार्वजनिक गरिएको हो ।
साउन ३१ गते बिहीवार एक सूचना जारी गर्दै दूतावासले विभिन्न कारणले यूएईमा अबैधानिक बन्न पुगेका नेपालीहरुको पासपोर्ट अध्यागमनमार्फत दूतावासको कार्यलयमा प्राप्त भएको जनाएको हो ।
नेपाली दूतावासले यूएईमा बिना भिसा लुकिछिपी बसेका सबैको नाम, पासपोर्ट नम्बर र जिल्लाको नाम सहित सूचना जारी गरी आफ्नो पासपोर्ट लिएर वैध बन्न या स्वदेश फर्किन अनुरोध गरेको छ ।
यूएई सरकारले गत अगस्ट १ देखि अक्टोबर ३१ सम्म लागू हुने गरी सुरु गरेको ३ महिने आममाफीको सुविधा लिन र यसको प्रक्रियामा सहभागी बन्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।
यसका लागि नेपाली दूतावासले घुम्ती शिविर संचालन गरी सुविधा दिइरहेको नेपाली दूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले बताएका छन् ।
हिजोआज विभिन्न इमिरेट्सबाट दैनिक ४० देखि ५० जनासम्म दूतावासको सम्पर्कमा आएर वैध बन्ने या घर फर्किने गरेको दूतावासका श्रम सहचरी मोतीराम भुसालले अनलाइनखबरलाई जानकारी दिएका छन् ।
अबैधानिक बनेका नेपाली कामदारको पासपोर्ट खोजी ,एकतर्फी यात्रा अनुमति पत्र वितरण तथा वैधानिक बनी बस्न चाहानेलाई नेपाली दूतावासले आवश्यक सहयोग गर्दै आएको छ ।
नेपाली दूतावास अबुधाबीले आफ्नो कार्यालयमा प्राप्त सूचना र पासपोर्ट नियमित क्रमश अध्यावधिक गराइने सूचना जारी गरेको छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












