नेकपा विद्यार्थी संगठनः अध्यक्षमा तामाङ र ऐन सिफारिस !
रबिन्द्र अधिकारीबाहेक नेकपाका युवा नेता रमेश मल्ल, अखिल अध्यक्ष नवीना लामा तामाङलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा
काठमाडाैं ४, भदाै । तत्कालिन एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्रनिकट विद्यार्थी अखिल क्रान्तिकारीको एकताका लागि गठित कार्यदलले नेतृत्व टुंगो लगाउन सकेको छैन ।
संस्कृति, पर्यटन तथा नागरिकमन्त्रीसमेत रहेका नेता रवीन्द्र अधिकारी नेतृत्वको कार्यदलले ४ सय ९९ सदस्यीय केन्द्रीय समिति, त्यसको एक तिहाई संख्यामा सचिवालय र सचिवालयको एक तिहाई स्थायी समिति रहने गरी प्रस्ताव गरेको छ । यस्तै एक संयोजक, एक महासचिव र सात जना सह–संयोजक रहने व्यवस्थासहितको प्रतिवेदन तयार पारिएको छ । तर, नेतृत्वका बारेमा भने टुंगो लगाउन नसकेपछि अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र अखिलका महासचिव ऐन महरको नाम सफारिस गर्ने तयारी गरेको कार्यदलका एक सदस्यले न्युज-नेपाललाई जानकारी दिए ।
तामाङ र महर दुवैले एकीकृत संगठनको नेतृत्व दाबी गरेपछि कार्यदलस्तरमा सहमति जुट्न नसकेको हो । यद्यपि कार्यदलमा रहेका चारमध्ये अधिकारीबाहेक नेकपाका युवा नेता रमेश मल्ल, अखिल अध्यक्ष नवीना लामा तामाङलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा छन् । तामाङ स्वयं कार्यदल सदस्य छन् ।
स्रोतका अनुसार पूर्वएमाले र पूर्वमाओवादी दुवैतर्फका नेताहरुले पूर्वसमूहका आधारमा तामाङ र महरको नाम प्रस्ताव गर्न कार्यदलमा रहेका आफ्ना सदस्यलाई निर्देशन दिएपछि नेतृत्व टुंगो लाग्न नसकेको हो । कार्यदलमा सहमति जुट्न नसकेपछि दुई अध्यक्षलाई सहमतिका लागि आग्रहसहितको प्रतिवेदन बुझाउने तयारी भएको कार्यदलका एक सदस्यले जानकारी दिए ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












