नेकपाका १७ जिल्लाका अध्यक्ष र सचिब सिफारिस (नाम सहित)
काठमाडाैं ५,भदाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश एकीकरण कार्यदलहरुले जिल्ला कमिटी बाँडफाटसँगै अध्यक्ष र सचिवको नामसहित एकीकृत कमिटी सिफारिस गरेका छन् ।
प्रदेश ५ र ७ ले प्रदेश कमिटी अध्यक्षको नामसमेत सिफारिस गरेका छन् भने अन्य प्रदेशको अध्यक्ष टुङ्गो लाग्न बाँकी छ ।
प्रदेश ७ को अध्यक्षमा कर्णबहादुर थापा र सचिव लक्ष्मी जोशी सर्वसम्मत भएका छन् । थापा पूर्व एमाले र जोशी पूर्वमाओवादी हुन् । त्यस्तै प्रदेश ५ को अध्यक्षमा पूर्वएमालेबाट दलबहादुर राना मगर र पूर्व माओवादीबाट गणेशमान पुन मगर सिफारिस भएका छन् ।
यसैबीच प्रदेश ३ को कार्यदलले सो प्रदेश अन्तर्गतका १७ जिल्ला कमिटीको बाँडफाट र नेतृत्व सिफारिस टुंगो लगाएको छ । स्रोतका अनुसार १७ मध्य पूर्वएमालेले १२ जिल्लामा अध्यक्ष र ५ जिल्लामा सचिवसहित बहुमत सदस्य पाएको छ ।
पूर्वमाओवादीले ५ जिल्ला कमिटी अध्यक्ष र बाँकीमा सचिव पाएको छ । पूर्वएमालेले अध्यक्ष पाएकामध्ये काठमाडौंमा रामशरण ढुंगाना, ललितपुरमा हरिकृष्ण ब्यन्जनकार र भक्तपुरमा वचन देउजा छन् ।
त्यस्तै धादिङमा नेत्रराज पौडेल, रसुवामा कर्न्याल लामा, मकवानपुरमा बद्री लम्साल, सिन्धुपाल्चोकमा झम्क नेपाल र दोलखामा भीम दाहाल अध्यक्ष सिफारिस भएका छन् । एमालेले पाएको उद्यमी व्यावसायिक जिल्ला कमिटी अध्यक्षमा चित्रगुप्त साँवा र पेशागत जिल्ला कमिटी अध्यक्षमा प्रेम पराजुली सिफारिस भएका छन् ।
एमालेले सचिव पाएका जिल्लामध्ये रामेछापमा आनन्द श्रेष्ठ, सिन्धुलीमा सूर्य पाख्रिन, चितवनमा तेजेन्द्र खड्का, नुवाकोटमा बुद्धि प्रधान, युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा महेश बर्तौला र मजदुर जिल्ला कमिटीमा विदुर कार्की सिफारिस भएका छन् ।
त्यस्तै माओवादीले अध्यक्ष पाएका जिल्ला कमिटीमध्ये रामेछापमा बुद्धिमान तामाङ, सिन्धुलीमा रामकुमार पौडेल, काभ्रेमा सूर्यमान दोङ, नुवाकोटमा पुष्प लामिछाने, चितवनमा यमबहादुर परियार (टुंगिन बाँकी), युवा विद्यार्थी विशेषमा रमेश मल्ल र मजदुर जिल्ला कमिटी अध्यक्षमा गणेश रेग्मी सिफारिस भएका छन् ।
माओवादीले सचिव पाएका जिल्लामध्ये ललितपुरमा शिव कट्टेल, रसुवामा माधव लामिछाने, धादिङमा दलबहादुर बुर्लाकोटी, दोलखामा कुलबहादुर बुढाथोकी, सिन्धुपाल्चोकमा गोविन्द पराजुली, मकवानपुरमा विष्णु विष्ट, पेशागतमा कृष्ण केसी सिफारिस भएका छन् ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












