प्रधानन्यायाधीश प्रकरणमा देउवाले चाल्दै छन, शंकास्पद चाल !
काठमाडौँ ८, काठमाडाैं । नेपाली काँग्रेसको महासमिति बैठकको मिति तय गर्न सो पार्टीको केन्द्रीय समिति बैठक शुक्रबार बस्दैछ ।
बिहान ११ बजेपछि बस्ने बैठकले पार्टीको तेह्रौँ महाधिवेसनपछि एकपटक पनि बस्न नसकेको महासमिति बैठकको मिति तय गर्ने सो पार्टीका नेताहरुले बताएका छन् ।
नेताहरुका अनुसार सभापति देउवा असोज पहिलो साता मिति तोक्नुपर्ने पक्षमा छन् भने धेरै नेताहरु भदौ अन्तिममै महासमिति बैठक तोक्नुपर्ने पक्षमा छन् ।
यो बाहेक बैठकमा अन्य समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
प्रवक्ता शर्माका अनुसार आजको बैठक महासमिति बैठक तयारीबारे केन्द्रीत हुने भएपनि अन्य महत्वपूर्ण विषयमा समेत छलफल हुनेछ ।
यसअघि काँग्रेसको केन्द्रीय समिति बैठक सभापति सिंगापुर उड्नुअघि गत साउन २२ गते बसेको थियो ।
उक्त बैठकले प्रधानन्यायाधीश नियुक्ती प्रकरणमा सरकारले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरेको भन्दै सरकारको कडा आलोचना गरेको थियो । सो बैठकमा संवैधानिक परिषद्बाट सिफारिस भएका दीपकराज जोशीलाई संसदीय सुनुवाई समितिले अस्वीकार गरेको विषयमा काँग्रेसमा मत बाझिएको थियो ।
श्रोतका अनुसार उक्त बैठकमा देउवा बाहेकका नेताहरुले संसदीय सुनुवाई समितिको कार्यक्षेत्रमाथि पार्टीले कुनै हस्तक्षेप गर्न नमिल्ने धारणा राखेका थिए । तर, सभापति देउवाले संसदीय सुनुवाई समितिलाई नै प्रहार गर्नेगरी निर्णय गराएका थिए । जसको काँग्रेसले केही समय ‘डिफेण्ड’ पनि गर्दै आएको थियो ।
तर, स्वयम् सभापति देउवा सदस्य रहेको संवैधानिक परिषदको भदौ ७ गते बिहीबार बसेको बैठकले सर्वोच्चको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सहजै सिफारिस गर्ने निर्णयमा देउवाले सहमति जनाएपछि उनको भूमिका शंकास्पद भएको भन्दै देउवाको जवाफ माग्ने तयारी गरेका छन् ।
केन्द्रीय सदस्य प्रदिप पौडलले प्रधानन्यायाधीश प्रकरणमा काँग्रेसको अघिल्लो अडानबारे प्रश्न उठ्न सक्ने बताए । ‘काँग्रेस आफैले गरेको निर्णयमा आफै किन उभिएन भनेर केन्द्रीय समिति बैठकमा सभापतिसँग प्रश्न गर्न सकिन्छ’ केन्द्रीय सदस्य पौडेलले
बताए ।
साउन २२ को काँग्रेस बैठकमा काँग्रेसका कतिपय केन्द्रीय सदस्यले संसदीय सुनुनवाई समितिबाट अस्वीकृत भएको विषयमा प्रश्न नउठाउदै राम्रो हुने सुझाव दिएका थिए । उनीहरुले संवैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्री केपी ओलीमाथि मात्रै प्रश्न उठाउँदा राम्रो हुने धारणा राखेपनि सभापति देउवाले संसदीय समितिमाथि नै प्रश्न उठाउनुपर्ने भन्दै बैठकको निर्णयमा संसदीय समितिको नाम जबर्जस्ती थप्न लगाएका थिए
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











