कार्यक्रम तालिका: बिमस्टेक सम्मेलन सोल्टीमा , हायातमा डिनर
काठमाडाैं ८,भदाै । चौथो बिमस्टेक सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा नेपाल कसरी प्रस्तुत हुने, काठमाडौ घोषणापत्र कस्तो जारी गर्ने कुन— कुन विषयमा छलफल गर्ने लगायतका विषयलाई अन्तिम रुप दिइएको परारष्ट्र मन्त्री प्रदिप ज्ञवालीलले जनाए ।
यता, सम्मेलनमा उपस्थित हुन निमन्त्रणा, स्वागत र बसोबास स्थल, समिट स्थल र भेटघाटको समय पनि टुङ्गो लागेको मन्त्रीले भने । सम्मेलनमा सातवटै देशका कार्यकारी प्रमुखको उपस्थिती रहनेछ ।
सम्मेलनमा बंगलादेशको प्रधानमन्त्री शेख हसिना, भुटानबाट योङको छेङ वाङछो (चिफ जस्टिक), भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्राध्यक्ष विन मायन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला श्रीसेना, थाइल्याण्डका प्रधानमन्त्री प्रायुत चान ओ–चा र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीता रहनेछ ।
भदौ १२ गते म्यानमारका प्रधानमन्त्री आउनेछन् । १३ गते म्यानमारसँग दुईपक्षीय भेटवार्ता पनि रहेको छ । १३ गते भुटान र श्रीलंकाका र १४ गते बिहान बाँकी तीन देशका शीर्ष नेतृत्व सम्मेलनमा भाग लिन आउनेछन् ।
१४ गते प्रधानमन्त्री केपी वलीले सोल्टी होटलमा सम्मेलनको उद्घाटन गर्नेछन् । सोही दिन साँझ आमन्त्रित पाहुनालाई रात्रीभोज दिने कार्यक्रम तय भएको छ । रात्रीभोज होटल हायातमा हुनेछ ।
१५ गते विहान गोकर्ण रिसोर्टमा रिट्रिटको कार्यक्रम र केही दस्तावेजमा हस्ताक्षरको कार्यक्रम रहेको छ । सोहीसँगै सम्मेलन सम्पन्न हुनेछ । अधिकांश सोही दिन फर्कनेछन् ।
१५ गते नै भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री ओली बीचपनि दुईपक्षिय वार्ता हुने पराराष्ट्र मन्त्रालयले जनाएको छ । वार्ताका क्रममा रक्सौल–काठमाडौं रेल्वे र बल्क कार्गो सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए।
पशुपतिमा निर्माण भएको धर्मशालाको उद्घाटन र हस्तान्तरणको कार्यक्रम पनि रहेको छ ।
श्रीलंकका राष्ट्रपति भने दुई पक्षिय भ्रमण भएकाले १६ गते फर्कने कार्यक्रम रहेको छ । श्रीलंका र म्यानमारका राष्ट्रपतिले लुम्बिनीको भ्रमण गर्नेछन् ।
प्राविधिक र आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलन यही भदौ १४ र १५ गते हुँदैछ ।
सन् १९९७ मा स्थापना भएको बिमस्टेकको पहिलो सम्मेलन थाइल्याण्डमा सन २००४ मा भएको थियो । दोस्रो सन २००८ मा भारतमा भएको थियो भने तेस्रो सन २०१४ मा म्यानमारमा भएको थियो । चौथो सम्मेलन नेपालमा हुँदैछ ।
चौथो सम्मेलनमा कनेक्टिभीटीलाई प्राथमिकता दिइने बताइएको छ । साथसाथै, गरीबी निवारण, अन्तर क्षेत्रिय व्यापार, लगानी, जलवायु, सुरक्षा लगायत विषयलाई पनि प्राथमिकतामा राखिएको छ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












